![](https://www.digitalkhabar.com/wp-content/uploads/2023/10/387768307_705772644916712_375174645275934974_n-750x430.jpg)
इजरायलबाट नेपाल फर्किन चाहनेलाई सरकारले ल्याउने
२२ असाेज, काठमाडौं । सरकारले प्यालेस्टाइनको हमास समूहको आक्रमणपछि इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको उद्धार गर्ने भएको छ । त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि छिट्टै अनलाइन रजिस्ट्रेसनको व्यवस्था गर्न लागिएको इजरालयमा रहेको नेपाली दूतावासले जनाएको छ ।
शनिबार हमासले गरेको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको छ ।
![](https://www.digitalkhabar.com/wp-content/uploads/2023/10/Dutabas-1696787143-1-791x1024.jpg)