Advertisement

भेप मार्फत भएको सुन तस्करी प्रकरणमा सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन

0 19

Advertisement

२१ असाेज, काठमाडौं । इलेक्ट्रिक सिगरेट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सीआईबीले शुक्रबार अनुसन्धान प्रतिवेदन बुझाएको प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । प्रतिवेदनमा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुललाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । राहुल सीआईबीको हिरासतमा छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा रोकिएको भेप छुटाउन महरा बाबुछोराले दबाब दिएको आरोप लागेको थियो । कृष्णबहादुर महरालाई भने मुद्दा चलाउन नपर्ने सीआईबीको ठहर छ । सीआईबीले अन्तिम समयमा कृष्णबहादुर महरासँग कागज गरेको थियो ।

सुन रहेको भेप निकालेर उक्त ठाउँमा अरु भेप राखिएको घटनामा यसअघि नै मुद्दा दर्ता भइसकेको छ । तर, सुन तस्करीमा भने अनुसन्धान हुन सकेको थिएन । एक चिनियाँ नागरिकले ल्याएको उक्त भेप विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो ।

सामान भन्सारले लिएपछि ती चिनियाँ नागरिक स्वदेश फर्किएका थिए । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोगपत्र तयार गर्नेछ । सुन तस्करी र संगठित अपराधमा अभियोग पत्र दायर गर्ने सरकारी तयारी छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.