Advertisement

झापा र सुनसरीबाट लागुऔषधसहित ५ जना पक्राउ

0 12

Advertisement

२० असाेज,विराटनगर। झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ५ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० खयरडागीबाट झापाको मेचीनगर नगरपालिका-१५ का २६ बर्षीय कैलाश थेबेलाई १ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित शुक्रबार साँझ पक्राउ गरेको हो ।

यसैगरी प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-३ का २० बर्षीय उमेश गुप्तालाई ८ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो ।

यसका साथै ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चकरघट्टीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-९ सयपत्री चौक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आँउदै गरेको प्र १ ०२ ००२ ह ९३८७ नम्बरको अटो रोकेर चेकजाँच गर्ने क्रममा अटोको पछाडी सिट मुनि लुकाएर ल्याउदै गरेको प्रतिबन्धित औषधी स्पास्मो प्रोक्जिभन १८० पिस, नाईट्रोजन पेन १०० पिस, नाईट्रो भ्याट ३० पिससहित अटो चालक बराहक्षेत्र नगरपालिका-७ का ५२ बर्षीय केशब श्रेष्ठ, ३५ बर्षीय प्रशान्त श्रेष्ठ र २३ बर्षीय निमेश भट्टराईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको घटना स,सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.