Advertisement

च्याटजीपीटी २०२१ सम्म सीमित नरहने, अद्यावधिक इन्टरनेटमै आधारित जानकारी दिने

0 25

Advertisement

१३ असाेज,एजेन्सी ।जेनेरेटिभ एआई च्याटजीपीटी अब सन् २०२१ सम्मको जानकारीमा मात्रै सीमित नहुने भएको छ ।

च्याटजीपीटीको मूल कम्पनी ओपन एआईले जानकारी दिएअनुसार अब प्रयोगकर्ताहरुले च्याटजीपीटीमार्फत इन्टरनेटमा रहेका अद्यावधिक जानकारीहरु (रियल टाइम) कै आधारमा सूचनाहरु पाउनेछन् ।

यसअघि सन् २०२१ सम्म इन्टरनेटमा भएका जानकारीहरुमा आधारित विवरण मात्रै दिँदै आएको च्याटजीपीटीले अब भने इन्टरनेटमा भएकै जानकारीहरु पनि दिन सक्ने भएको हो ।

च्याटजीपीटीको मूल कम्पनी ओपन एआईले ‘एक्स’ (पूर्व ट्विटर) मा जानकारी दिएअनुसार वर्तमान र सत्य जानकारीहरुमा आधारित सामग्री च्याटजीपीटीमार्फत खोज्न सकिनेछ । च्याटजीपीटी अब सन् २०२१ सम्म मात्रै सीमित नरहने भएको हो ।

‘च्याटजीपीटीले अब तपाईंलाई हालको र सत्य जानकारी दिनका लागि इन्टरनेटको ब्राउज गरेर स्रोतबाट नै जानकारी दिन सक्नेछ’, ओपन एआईले एक्समा भनेको छ, ‘अब च्याटजीपीटी सन् २०२१ सेप्टेम्बरसम्मको डाटामा मात्रै सीमित छैन ।’

ओपनएआईले यसअघि गत साता ‘भ्वाईस’ मार्फत पनि च्याटजीपीटीको प्रयोग गर्न सकिने जनाएको थियो । च्याटजीपीटी इतिहासकै तीव्र गतिमा अघि बढिरहेको इन्टरनेटमा आधारित स्टार्टअप कम्पनी हो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.