गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीद्वारा नगर अस्पतालको निरीक्षण
११ असाेज, काठमाडौ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगर अस्पतालको निरीक्षण गर्नु भएको छ । अस्पतालको निरीक्षण गर्ने क्रममा पन्थीले अस्पतालबाटहुने सेवाप्रवाह सम्बन्धि जानकारी लिनु भएको छ ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले वडा नं-४ को निरीक्षण समेत गर्नु भएको हो ।
अनुगमनमा वडा नम्बर-४ का वडा अध्यक्ष जयराम महत, नगरपालिकाका सूचना अधिकृत भूपेन्द्र बोहोरा,लेखा शाखा प्रमुख एवम् लेखा अधिकृत रामजी रायमाझी, स्वास्थ्य प्रमुख हरि प्रसाद उपाध्याय लगाएत जानु भएको थियो ।