Advertisement

एक महिनापछि पनि ‘गदर-२’को बक्स अफिसमा वर्चस्व कायम

0 79

Advertisement

०२ असाेज, एजेन्सी । बलिउड चलचित्र ‘गदर-२’ ले एक महिनापछि पनि बक्सअफिसमा आफ्नो वर्चस्व कायम राखेको छ । ‘गदर २’ को विश्वव्यापी कलेक्शनको कुरा गर्दा चलचित्रले ६८० करोड कमाएको छ ।

‘गदर २’ को साताको हिसाबले हेर्ने हो भने चलचित्रले घरेलु बक्स अफिसमा पहिलो साता २८४ करोड, दोस्रो साता १३४ करोड, तेस्रो साता ६३ करोड, कमाएको थियो । चौथो साता र पाँचौं हप्तामा सात करोड रुपैयाँ कमाएको छ । ‘गदर २’ सन् २०२३ मा भारतमा सबैभन्दा धेरै कमाउने दोस्रो हिन्दी चलचित्र बनेको छ ।

‘गदर २’ भन्दा अगाडि शाहरूख खानको ‘पठान’मात्र छ । यसै वर्षको जनवरीमा रिलिज भएको ‘पठान’ले घरेलु बक्स अफिसमा ५४३ करोड कमाएको छ । ‘गदर २’ले ३८औं दिनमा जसरी कमाइ गरेको छ, कतिपय विज्ञहरूले ‘पठान’लाई उछिनेको अनुमान गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.