Advertisement

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

0 46

Advertisement

न्युयोर्क। प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हुन आइतबार न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा आज बिहान भेटवार्ता भएको हो ।

प्रचण्ड र गुटेरेसबीचको भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य, साझेदारीलगायतका विषयमा छलफल भएको छ ।

महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्नेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.