Advertisement

रौतहटमा छुरा प्रहार गरी २५ वर्षीय युवकको हत्या

0 14

Advertisement

३० भदाै,रौतहट। मा एक युवकको हत्या भएको छ।

शुक्रबार बेलुका ९ बजे कटहरिया नगरपालिका-५ का २५ वर्षीय सुनिल यादवको छुरा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दामोदर केसीले जानकारी दिए।

सुनिलमाथि उनकै छिमेकी ५० वर्षीय रामबाबु शाहले छुरा प्रहार गरेको डिएसपी केसीले बताए।

डिएसपी केसीका अनुसार सुनिल र रामबाबु छिमेकी हुन्। उनीहरूबीच शुक्रबार सामान्य विषयमा भनाभन भएको थियो।

बेलुका सुनिलको घरभित्र छिरेर उनीमाथि रामबाबुले छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएका सुनिललाई उपचारका लागि गौर पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

छुरा प्रहार गर्ने रामबाबुलाई प्रहरीले गएराति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय गौरमा राखिएको छ। घटनामा थप अनुसन्धान भइरहेको डिएसपी केसीले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.