Advertisement

‘पुअर थिंग्स’ले जित्यो भेनिसमा शीर्ष पुरस्कार

0 14

Advertisement

२४ भदाै, काठमाडौं । फिल्म ‘पुअर थिंग्स’ले भेनिस फिल्म फेस्टिभलको शीर्ष पुरस्कार गोल्डेन लायन जितेको छ । योर्गोस लान्थिमस निर्देशित यो फिल्ममा एम्मा स्टोनले पुनर्जन्म प्राप्त गर्ने युवतीको भूमिका निर्वाह गरेकी छन् ।

मुख्य तीन फिल्महरु योर्गोसको ‘पुअर थिंग्स’, रेयुसुके हामागुचीको ‘एभिल डज नट एक्जिस्ट’ र अग्निस्का होल्यान्डको ‘ग्रिन बोर्डर’ले शीर्ष पुरस्कार जित्ने अनुमान गरिएको थियो । निर्देशक डेमियन चेजल जुरी संयोजक रहेको रहेको जुरी समूहले तीनवटै फिल्मलाई पुरस्कार बाँडेर अनुमानलाई सही साबित गरिदिए ।

अघिल्लो वर्ष ओस्कार जितेका रेयुसुके हामागुचीले भेनिसमा ग्रान्ड जुरी अवार्ड जिते भने स्पेसनल जुरी पुरस्कार अग्निस्का होल्यान्डले ‘ग्रिन बोर्डर’का लागि हात पारे ।

सिल्भर लाइन बेस्ट डाइरेक्टरको अवार्ड भने बसाइँसराइ र आप्रवासी समस्यामा बनेको माटेउ गारोनीको ‘मी क्याप्टन’ले जित्यो । उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड भने क्रमशः प्रिस्सिला केनी र पिटर सार्सगाडले हात पारे ।

नेपालबाट ‘द रेड सुटकेस’ले भेनिसको दोस्रो ठूलो पुरस्कारका लागि प्रतिस्पर्धा गरेको थियो । फिल्मले भेनिसमा भइरहेका साइड इभेन्टमा दुई पुरस्कार जित्न सफल भयो । होराइजन्स भनिने यो विधाको उत्कृष्ट फिल्मको पुरस्कार ‘एक्स्प्लानेसन फर एभ्रिथिङ’ले जित्यो भने निर्देशकतर्फ यही विधामा मिका गुस्ताफसन ‘प्याराडाइज इज बर्निङ’का लागि उत्कृष्ट निर्देशक ठहरिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.