Advertisement

भेनिस फिल्म फेस्टिभल सुरु, रेडकार्पेटमा सेलिब्रेटीले छरे फेसनको जादू (तस्वीर)

0 66

Advertisement

१४ भदाै, काठमडौं । हलिउडमा चलिरहेको हड्तालबीच विश्व फिल्मको प्रतिष्ठित जमघट मानिने भेनिस फिल्म फेस्टिभल इटालीमा सुरु भएको छ । हड्तालको कारण ए-लिस्टर स्टार उपस्थित नभए पनि अन्य कलाकार र सुपरमोडलले रेडकार्पेटमा फेसनको जादू छरे । भेनिसको ८० औं संस्करण सेप्टेम्बर ९ सम्म चल्नेछ । लाइनअप हेर्दा यस वर्षको भेनिस आगामी ओस्कार अवार्डको दाबेदार प्लेटफर्मको रुपमा रहने देखिएको छ ।

हड्तालले पक्कै पनि ठूला फिल्म र स्टार भेनिसमा हुने छैनन् । यद्यपि, इन्डी फिल्मलाई सहभागिताको छुट भएकाले सोफिया कोपोला निर्देशित बहुप्रतीक्षित ‘प्रिस्किला’, एडम ड्राइभरको ‘फेरारी’, ल्युक बेसनको ‘डगम्यान’, जेसिका चेस्टनको ‘मेमोरी’ भेनिसमा प्रिमियर हुनेछन् । ‘द किलर्स’, माएस्ट्रो र पुअर थिंग्स पनि लाइनअपका बलिया दाबेदार हुन् ।

प्रिमियर र फिल्मबाहेक भेनिसको रेडकार्पेट फेसनको कारणले पनि चर्चामा आउँछ । यसपटकको भेनिस फिल्म मात्र नभएर फेसन र स्टाइलले पनि चर्चामा रह्यो । केही स्टारले भेनिसको पृष्ठभूमिमा सौन्दर्य पोखे ।

यस वर्षको भेनिसमा नेपालबाट ‘रेड सुटकेस’ फिल्म प्रिमियर हुनेछ । नेपाली समयानुसार भदौ २२ गते हुने रेडकार्पेट समारोहमा कलाकारहरु विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ, निर्माता रामकृष्ण पोखरेल लगायत सहभागी हुनेछन् । उनीहरु आगामी मंगलबार इटाली जाने कार्यक्रम छ ।

सन् १९३२ मा स्थापना भएको भेनिसलाई विश्वकै सबैभन्दा पुरानो फिल्म फेस्टिभल मानिन्छ ।

तस्वीरहरु



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.