Advertisement

कर्णालीमा आँखा उपचार सेवा विस्तार गर्न तिलगंगा र कर्णाली प्रतिष्ठानबीच सम्झौता

0 122

Advertisement

०९ भदाै, काठमाडौँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ। कर्णालीमा आँखा उपचार सेवा विस्तारसँगै अध्ययन र अनुसन्धानका लागि दुवै प्रतिष्ठानबीच सम्झौता भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

स्वास्थ्य मन्त्री बस्नेत उपस्थितिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महत तथा नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक डा सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

समझदारी पत्रमा कर्णाली प्रदेशका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन तिलगङ्गा आँखा प्रतिष्ठानले कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने, समुदायस्तरमा पुगेर आँखा स्वास्थ्य शिविर सञ्चालन गर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आँखा विभागको स्तरोन्नती गर्न तिलगंगाले सहयोग गर्ने, जनशक्तिलाई तालिम प्रदान गर्ने लगायतका विषय रहेका छन्।

कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले दुवै संस्थाबीच भएको सम्झौताले प्रतिष्ठानमा मात्र नभई कर्णालीका गाउँगाउँमा शिविर मार्फत आँखा सेवा विस्तार हुने विस्वास व्यक्त गरे।

‘आजको सम्झौताले कर्णाली प्रदेशका जनताको आँखा उपचार सेवालाई सहज बनाउन महत्वपूर्ण हुनेछ,’ उनले भने, ‘दुर्गम कर्णालीलाई तिलगंगाको सहयोग हुनु खुशीको कुरा हो। सरकारले अब आँखा उपचारका लागि छुट्टै रणनीति बनाएरै सहकार्य र सहजीकरण गर्नेछ।’ उनले दुई प्रतिष्ठानबीचको सहकार्यले कर्णाली प्रदेशका गरिब, विपन्न, निमुखा र अप्ठ्यारामा परेका नागरिकले आँखाको सहज उपचार पाउने विश्वास व्यक्त गरे।

तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक एवं निर्देशक डा सन्दुक रुइतले देशको दुर्गम क्षेत्रमा रहेको प्रतिष्ठानसँग सम्झौता गरेर काम गर्न पाउनु खुसीको कुरा रहेको बताए। उनले कर्णाली प्रतिष्ठानको आँखा विभागको विकास र विस्तारमा मात्र नभई कर्णालीका कुना कुनामा उपचार सेवा पुर्‍याउन सम्झौता भएको जानकारी दिए।

‘यो सम्झौतापछि कर्णालीको आँखा उपचारका लागि अत्यावश्यक सबै प्रकारका आधुनिक स्वास्थ्य उपकरण र संरचना निर्माणमा सहयोग उपलब्ध गराउनेछौँ’, डा रुइतले भने ‘जनशक्तिलाई तालिम उपलब्ध गराउनेदेखि कर्णाली प्रदेशको कुना कुनामा गएर सेवा उपलब्ध गराउने र त्यसमा पनि मोतिविन्दु, जलविन्दु तथा मधुमेहजन्य आँखाको समस्याको उपचारलाई सहज र सुलभरूपमा सबैको पहुँचमा पुर्‍याउन लागिपर्नेछौं।’

कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले तिलगंगा आँखा प्रतिष्ठानसँगको सम्झौताले आफूहरू उत्साहित भएको बताए। उनले सम्झौताअनुसार प्राप्त हुने आधुनिक स्वास्थ्य उपकरण उपलब्ध भए लगतै केही महिनामै सबै प्रकारका आँखासम्बन्धी उपचार सेवा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले उक्त सम्झौतापछि प्रतिष्ठानको आँखा विभागको विकास र विस्तारसँगै प्रतिष्ठानमा आँखा अध्यापनका लागि बाटो समेत खुला हुने विश्वास व्यक्त गरे। ‘आँखासम्बन्धी उपचारका लागि अत्यावश्यक आधुनिक उपकरण खरिदका लागि पर्याप्त बजेट नहुनु र अन्य सङ्घसंस्थासँग सहकार्य गर्ने अवसर मिलेको थिएन’, उनले भने, ‘तिलगंगासँगको सम्झौताले आँखा उपचारसँगै अध्ययन र अध्यापनका लागि अवसर सिर्जना गर्दै लग्ने अपेक्षा छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

स्वास्थ्य मन्त्री बस्नेत उपस्थितिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महत तथा नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक डा सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

समझदारी पत्रमा कर्णाली प्रदेशका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन तिलगङ्गा आँखा प्रतिष्ठानले कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने, समुदायस्तरमा पुगेर आँखा स्वास्थ्य शिविर सञ्चालन गर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आँखा विभागको स्तरोन्नती गर्न तिलगंगाले सहयोग गर्ने, जनशक्तिलाई तालिम प्रदान गर्ने लगायतका विषय रहेका छन्।

कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले दुवै संस्थाबीच भएको सम्झौताले प्रतिष्ठानमा मात्र नभई कर्णालीका गाउँगाउँमा शिविर मार्फत आँखा सेवा विस्तार हुने विस्वास व्यक्त गरे। 

‘आजको सम्झौताले कर्णाली प्रदेशका जनताको आँखा उपचार सेवालाई सहज बनाउन महत्वपूर्ण हुनेछ,’ उनले भने, ‘दुर्गम कर्णालीलाई तिलगंगाको सहयोग हुनु खुशीको कुरा हो। सरकारले अब आँखा उपचारका लागि छुट्टै रणनीति बनाएरै सहकार्य र सहजीकरण गर्नेछ।’ उनले दुई प्रतिष्ठानबीचको सहकार्यले कर्णाली प्रदेशका गरिब, विपन्न, निमुखा र अप्ठ्यारामा परेका नागरिकले आँखाको सहज उपचार पाउने विश्वास व्यक्त गरे।

तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक एवं निर्देशक डा सन्दुक रुइतले देशको दुर्गम क्षेत्रमा रहेको प्रतिष्ठानसँग सम्झौता गरेर काम गर्न पाउनु खुसीको कुरा रहेको बताए। उनले कर्णाली प्रतिष्ठानको आँखा विभागको विकास र विस्तारमा मात्र नभई कर्णालीका कुना कुनामा उपचार सेवा पुर्‍याउन सम्झौता भएको जानकारी दिए।

‘यो सम्झौतापछि कर्णालीको आँखा उपचारका लागि अत्यावश्यक सबै प्रकारका आधुनिक स्वास्थ्य उपकरण र संरचना निर्माणमा सहयोग उपलब्ध गराउनेछौँ’, डा रुइतले भने ‘जनशक्तिलाई तालिम उपलब्ध गराउनेदेखि कर्णाली प्रदेशको कुना कुनामा गएर सेवा उपलब्ध गराउने र त्यसमा पनि मोतिविन्दु, जलविन्दु तथा मधुमेहजन्य आँखाको समस्याको उपचारलाई सहज र सुलभरूपमा सबैको पहुँचमा पुर्‍याउन लागिपर्नेछौं।’

कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले तिलगंगा आँखा प्रतिष्ठानसँगको सम्झौताले आफूहरू उत्साहित भएको बताए। उनले सम्झौताअनुसार प्राप्त हुने आधुनिक स्वास्थ्य उपकरण उपलब्ध भए लगतै केही महिनामै सबै प्रकारका आँखासम्बन्धी उपचार सेवा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले उक्त सम्झौतापछि प्रतिष्ठानको आँखा विभागको विकास र विस्तारसँगै प्रतिष्ठानमा आँखा अध्यापनका लागि बाटो समेत खुला हुने विश्वास व्यक्त गरे। ‘आँखासम्बन्धी उपचारका लागि अत्यावश्यक आधुनिक उपकरण खरिदका लागि पर्याप्त बजेट नहुनु र अन्य सङ्घसंस्थासँग सहकार्य गर्ने अवसर मिलेको थिएन’, उनले भने, ‘तिलगंगासँगको सम्झौताले आँखा उपचारसँगै अध्ययन र अध्यापनका लागि अवसर सिर्जना गर्दै लग्ने अपेक्षा छ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.