Advertisement

मिडियाटेकसँगै क्वालकमले पनि टीएसएमसीको एन३ई प्रक्रिया प्रयोग गर्ने

0 25

Advertisement

०२ भदाै, काठमाडौं । टीएसएमसीको पछिल्लो एन३ई प्रक्रियाले २०२४ मा नयाँ ग्राहकहरूबाट अर्डरहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसैक्रममा नयाँ ग्राहकहरू मध्ये क्वालकम पनि एक भएको र चिपमेकरले कम्पनीको नेक्स्ट–जेन फ्ल्यागशिप स्न्यापड्रागन प्रोसेसरहरू निर्माण गर्न सक्ने उल्लेख छ।

यसका साथै कम्पनीले आफ्नो स्न्यापड्रागन जेन ४ एसओसी निर्माणको लागि सामसङलाई जिम्मा दिने अपेक्षा गरिएको थियो तर त्यसमा परिवर्तन भई सो कार्य नहुन पनि सक्ने देखिएको छ।

क्वालकम स्न्यापड्रागन ८ जेन ४ चिपसेट टीएसएमसीले निर्माण गर्ने अघिल्लो रिपोर्टमा, क्वालकमको आगामी स्न्यापड्रागन ८ जेन ३ एसओसी निर्माणको लागि विश्वको सबैभन्दा ठूलो कन्ट्र्याक्ट (सम्झौता) चिपमेकर (टीएसएमसी) मा सर्ने र स्न्यापड्रागन ८ जेन ४ एसओसीको लागि भने टीएसएमसी र सामसङ दुवैले निर्माण गर्ने सम्भावना रहेको उल्लेख थियो।

यद्यपि, नयाँ रिपोर्टले भने कम्पनीले सामसङको अर्को वर्षको फाउन्ड्री प्रयोग नगर्ने संकेत गरेको गीज्मोचाइनाले रिपोर्टमा उल्लेख गरेको छ।

त्यसैगरी प्रारम्भिक अफवाहहरूले टीएसएमसीले आफ्नो नयाँ ३एनएम प्रक्रियाको १५ प्रतिशत मात्र क्वालकमलाई प्रदान गर्न सक्ने भएकाले स्न्यापड्रागन ८ जेन ४ को लागि सामसङमा एक विशेष स्थानान्तरणमा संकेत गरेको छ ।

ताइवानी कम्पनीको प्रमुख ग्राहक एप्पलले यस वर्षको लागि अधिकांश ३एनएम प्रक्रिया सुरक्षित गरेको विश्वास गरिएको छ भने आगामी वर्ष सन् २०२४ मा यसमा परिवर्तन हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

एक नयाँ रिपोर्ट अनुसार क्वालकम र मिडियाटेकले उनीहरूको नेक्स्ट–जेन मोबाइल प्रोसेसर्सको लागि एन३ई उत्पादन लाइन साझा गर्ने जनाइएको छ। यसबाहेक, नुभियाको भर्खरैको अधिग्रहणको साथ कस्टम ओरियन कोरहरू प्रयोग गर्दै क्वालकम पहिलो हुने विश्वास गरिएको छ।

क्वालकमले टीएसएमसीको एन३बी वेफर्सको कम उत्पादन भएको कारणले सामसङको साथमा रहने निर्णय गरेको हुनसक्ने र त्यसले गर्दा नयाँ स्न्यापड्रागन ८ जेन ३ चिप्सको लागि उच्च लागत निम्त्याउन संक्ने आशंका छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.