बाढीले धानबालीमा क्षति
३२ साउन, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीस्थित खेतमा रोपेको धानबालीमा अनौखी खोलाको बाढी पसेर पुरयाएको क्षतिबारे जानकारी दिँदै किसान।
दुई दिनअघि खोलामा आएको बाढी खेतमा पसेर ६ परिवारको झण्डै डेढ विघा जमिनमा लगाएको धानबाली बालुवाले पुरिदिएको हो।
राजेन्द्रप्रसाद पनेरु/रासस