Advertisement

सनी देओलको ‘गदर २’  २०० करोड क्लबमा, मंगलबार एकै दिन कमायो ५५ करोड

0 35

Advertisement

३१ साउन, काठमाडौं । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा धमाका मच्चाउने क्रम जारी छ । फिल्मले हरेक दिन रेकर्ड तोडिरहेको छ । मंगलबार ७७ ‌औं भारतीय स्वतन्त्रता दिवसको दिनमा मात्र फिल्मले ५५ करोड भारुको कमाइ गरेको छ ।

शुक्रबार रिलिज भएको फिल्मले पाँचौ दिनसम्म २०० करोड क्लबमा प्रवेश गरिसकेको छ । ४० करोडबाट खाता खोलेको फिल्मले दोस्रो दिन ४३.०८ करोड, तेस्रो दिन ५१.७ करोड र चौथो दिन ३८.७ करोड कमाइ गरेको छ । पाँचौ दिनको कमाइ ५५ करोड गरी कुल २२८ करोड भारु कमाइ गरेको छ ।

केही वर्षदेखि आफ्नो करिअरमा फ्लप फिल्मको शृंखला झेलिरहेकका सनी देओललाई ‘गदर २’ सञ्जीवनी बुटी नै बनेको बलिउड व्यापार विश्लेषकहरुले बताएका छन् । ‘गदर २’ २०० करोड कमाउने सनीको पहिलो फिल्म समेत बनेको छ । अनिल शर्माले निर्देशन गरेको फिल्ममा अमिषा पटेल र उत्कर्ष शर्माको पनि मुख्य भूमिका छ ।

उता, शुक्रबार नै रिलिज भएको अक्षय कुमार र पंकज त्रिपाठी स्टारर ‘ओह माइ गड २’ ले पनि बक्स अफिसमा कमाइको गति निरन्तर बढाइरहेको छ । फिल्मले मंगलबार पाँचौं दिनसम्म ७३.६७ करोड भारु कमाइ गरेको छ । फिल्मले मंगलबार भारतीय स्वतन्त्रता दिवसकाका दिन १८.५० करोड कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

फिल्मले विद्यालयमा यौन शिक्षा दिनुपर्ने गम्भीर विषय उठाएको छ । एडल्ट सर्टिफिकेट पाएको फिल्मलाई दर्शकहरुले निकै रुचाएका छन् । फिल्मलाई समीक्षकबाट पनि सकारात्मक समीक्षा प्राप्त भएको छ । फिल्मलाई अमित रायले निर्देशन गरेका हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.