Advertisement

आयोजनाले बुझाउन थाले वातावरणीय स्वःअनुगमन प्रतिवेदन, धेरै उद्योगबाट

0 13

Advertisement

१९ साउन, काठमाडौं । नेपालमा सञ्चालित आयोजनाहरुले सरकारलाई वातावरण स्वःअनुगमन प्रतिवेदन बुझाउन थालेका छन् । वातावरण विभागका अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा कुल ७८ वटा आयोजनाले यस्तो प्रतिवेदन बुझाएका छन् । जसमा धेरैजसो उद्योगहरु रहेका छन् । यस आवमा ७८ वटा आयोजनाबाट कुल १०६ वटा यस्ता प्रतिवेदन प्राप्त भएको विभागले जानकारी दिएको छ ।

वातावरण संरक्षण ऐन २०७६ अनुसार वातावरणीय मापदण्ड पालनाको सम्बन्धमा हरेक ६/६ महिनामा स्वःअनुगमन गरी प्रतिवेदन वातावरण विभागमा पेश गर्नुपर्ने प्रावधान रहेको छ । जसमा आफ्नो आयोजनाको निर्माण तथा सञ्चालनका क्रममा वातावरणमा परेको प्रतिकूल प्रभाव न्यूनीकरणका उपाय र त्यसको प्रभावकारिताका सम्बन्धमा उल्लेख भएको हुनुपर्छ ।

उद्योग परिसरको वायु, स्ट्रयाक उत्सर्जन, ध्वनी र फोहोर पानीको स्थितिको प्रयोगशालामा परीक्षण गराई प्रतिवेदन विभागमा बुझाउनु पर्छ ।

२०७८ सालअघि स्वःअनुगमन प्रतिवेदन प्राप्त हुने गरेको थिएन । गत आव २०७९/८० मा भने १३ जलविद्युत आयोजना, एक विद्युत प्रसारणलाइन, ३ वटा स्वास्थ्य क्षेत्र, २ वटा पर्यटन क्षेत्र र ५१ वटा उद्योगले यस्तो प्रतिवेदन बुझाएका छन् । जसमध्ये माथिल्लो मर्स्याङ्दीले २ वटै प्रतिवेदन बुझाएको छ ।

नियमित प्रतिवेदन बुझाउनेमा एशिएन पेन्ट्स, बोटलर्स नेपाल, गोर्खा ब्रुअरी, पञ्चकन्या ग्रुप, निम्बस कल्टिभेटिंग पार्टनरसीप, रिलायसन्स स्पिनिङ मिल्स, युनिलिभर नेपाल, पीबीटी वेस्ट इन्डिष्ट्रिजलगायत छन् । विभागका अनुसार नियमित यस्तो प्रतिवेदन नबुझाउने आयोजनालाई भने कारवाही गरिने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.