Advertisement

 युक्रेनसँग शान्ति वार्ता गर्न तयार छौँ : पुटिन

0 33

Advertisement

१४ साउन, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न आफू तयार रहेको बताएका छन्।

रुसस्थित सेन्ट पिटर्सवर्गमा अफ्रिकन नेताहरूसँगको छलफलपछि उनले आफूले कहिल्यै शान्ति वार्ता अस्वीकार नगरेको बताए। अफ्रिका र चीनको पहलअनुसार युक्रेनसँग शान्तिका लागि वार्ता गर्न सकिने उनको भनाइ थियो।

युक्रेनी सेनाले आक्रमण गरिरहेको बताउँदै उनले यस्तो बेला युद्धविराम कार्यान्वन गर्न कठिन रहेको पनि बताए।

यसअघि दुवै देशले बिना शर्त वार्ता नगर्ने बताएका छन्। रुसले गत वर्ष आक्रमण गरी युक्रेनको दक्षिण र पूर्वी भूभाग कब्जा गरेको थियो। रुसले उक्त क्षेत्रमा आफ्नो दावी गरिरहेको छ भने युक्रेनले त्यो भूभागमा सम्झौता नगर्ने बताउँदै आएको छ।

गए राति बैठकपछि सञ्चारकर्मीसँग पुटिनले युक्रेनविरुद्ध तत्काल कारबाही गर्ने कुनै योजना नभएको पनि बताए। पुटिनलाई नेतृत्वविरुद्ध उठिरहेका आलोचनात्मक स्वर दबाउन उनीहरूलाई पक्राउ गरिरहेको पनि आरोप छ। तर ती आरोपमा सत्यता नभएको दाबी उनले गरे। रुसलाई हानी पुर्‍याउन

देशभित्रै राष्ट्रविरोधी गतिविधि भइरहेको र तिनलाई रोक्न उनीहरूलाई गिरफ्तार गरिएको प्रष्टीकरण उनले दिए।

मस्को आक्रमणको आलोचना गर्ने विपक्षी नेताहरूलाई पुटिनले पक्राउ गराएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.