Advertisement

भारतमा वर्षा प्रभावित क्षेत्रका शैक्षिक संस्था बन्द, महाराष्ट्रमा ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

0 25

Advertisement

०५ साउन, काठमाडाैं । भारतमा लगातारको वर्षापछि प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द गरिएको छ । भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू केही दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिणी राज्य तेलङ्गाना, उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशका केही भाग र दक्षिणपश्चिम राज्य महाराष्ट्रका धेरै जिल्लामा ठूलो पानी परेपछि जनजीवन प्रभावित भएको छ । महाराष्ट्रको राइगढमा बाढी र पहिराेमा परि ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ ।

पहिरोमा परेका १२ जनाको शव निकालिएको र उद्धारमा खटिएका एक जनाको हृदयघातका कारण ज्यान गएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ । राइगढ खालापुर तहसीलको इरशालवाडी गाउँमा गएको पहिरोमा परेका २२ जनाको हिजो नै उद्धार गरिएको थियो ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.