Advertisement

सार्वजनिक संस्थानमा सरकारको लगानी बढ्दै, प्रतिफल घट्दै

0 20

Advertisement

१४ जेठ, काठमाडाैं । सरकारले सार्वजनिक संस्थानमा शेयर र ऋण गरी दुई माध्यमबाट लगानी बढाउँदै लगे पनि सो अनुसार प्रतिफल भने प्राप्त गर्न सकेको छैन । सरकारले सार्वजनिक संस्थानमा आव २०७७।७८ मा ५ खर्ब ६७ अर्ब २८ करोड ७६ लाख रुपैयाँ लगानी गरेकोमा आव २०७८।७९ मा यो बढेर ६ खर्ब १८ अर्ब १६ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा सरकारको लगानी ८.९७ प्रतिशतले वृद्धि भएको छ । सरकारको लगानीमा ४६.७९ प्रतिशत अर्थात ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख रुपैयाँ शेयर लगानी र ४६.७९ प्रतिशत अर्थात खर्ब ८९ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

सरकारले जलविद्युत उत्पादन तथा प्रशारण, विभिन्न प्रर्वाधार निर्माण, विमानस्थल निर्माण, दुरसञ्चार, खानेपानी आयोजना सञ्चालनलगायतका ठूला पूर्वाधार सञ्चालन गर्ने क्रममा सार्वजनिक संस्थानमा शेयर र ऋण लगानी बढाउँदै लगेको छ । चालु आवमा सरकारको लगानी अघिल्लो वर्षको तुलनामा वृद्धि हुनुमा शेयरतर्फ नेपाल विद्युत प्राधिकरणलाई सरकारले वित्तीय व्यवस्था अन्तर्गत प्रदान गरेको ऋणको व्याजलाई शेयर लगानीमा परिणत गरिनु, नागरिक उडड्यन प्राधिकरणलाई विमानस्थल निर्माण, हवाई यातायात क्षमता अभिवृद्धि आयोजना र दोस्रो विमानस्थल आयोजना समेतका लागि सरकारबाट शेयरको रुपमा लगानी प्रवाह गरिनु प्रमुख कारण रहेको अर्थ मन्त्रालयले जनाएको छ । ऋण लगानी वृद्धि हुनुमा भने नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ खरिदको बक्यौता भुक्तानी गर्नु, नेपाल खानेपानी संस्थानको खानेपानी उत्पादन वृद्धि कार्यक्रम, नागरिक उडड्यन प्राधिकरणलाई हवाई यातायात क्षमता अभिवृद्धि आयोजना र नेपाल विद्युत प्राधिकरणलाई जलविद्युत उत्पादन तथा प्रसारणका पूर्वाधार निर्माणका लागि प्रवाह भएको रकमको कारण रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले आव २०७४।७५ मा ३ खर्ब ६४ अर्ब ७९ करोड १९ लाख रुपैयाँ लगानी गरेकोमा २०७५।७६ मा ४ खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ लगानी गरेको थियो भने यो रकम हरेक वर्ष बढ्दै आव २०७८।७९ मा पुग्दा ६ खर्ब १८ अर्ब १६ करोड ४६ लाख रुपैयाँ पुगेको छ । सरकारले विगत ५ वर्षमा औसतमा १४.८८ प्रतिशतले सार्वजनिक संस्थानहरुमा लगानी वृद्धि गरेको देखिएको छ । विगत ५ वर्षमा औसतमा सरकारको सार्वजनिक संस्थानहरुमा शेयर लगानी १६.१९ प्रतिशतले र ऋण लगानी १३.७५ प्रतिशतले बढेको देखिएको छ ।

सात वटा सार्वजनिक संंस्थानबाट मात्र प्राप्त भएको र सो मध्ये ४४.६० प्रतिशत नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र ८.५० प्रतिशत नेपाल नागरिक उडड्यन प्राधिकरणबाट पाएको छ । वित्तीय क्षेत्रबाट ४६.९० प्रतिशत लाभांश प्रतिशत लाभांश सरकारले पाएको छ भने आव २०७८।७९ मा जनोपयोगी, सेवा र वित्तीय क्षेत्रबाट लाभांश प्राप्त भएको छ भने आद्योगिक, सामाजिक र व्यापारिक क्षेत्रबाट लाभांश प्राप्त भएको छैन ।

आव २०७४।७५ मा सार्वजनिक संस्थानले २४ अर्ब ६८ करोड ४८ लाख रुपैयाँ लाभांश प्राप्त गरेको थियोे भने २०७५।७६ मा आउँदा ९ अर्ब ४७ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ । २०७६।७७ मा पुग्दा बढेर १४ अर्ब ९ करोड ९४ लाख रुपैयाँ लाभांश प्राप्त गरेको छ भने २०७७।७८ मा पुग्दा पुनः घटेर ६ अर्ब ७२ करोड १० लाख रुपैयाँ मात्रै लाभांश प्राप्त गर्न सफल भयो । आव २०७८।७९ मा आउँदा भने प्रतिफल झनै घटेर ६ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.