Advertisement

विद्यालय आउजाउ गर्न छात्रालाई साइकल

0 30

Advertisement

११ जेठ, सिन्धुली । मरिणको देउजोरदेखि कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रितुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नु पर्दछ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी हो । यसैगरी, उहाँले कक्षा १० सम्मको पढाइ सकाउनुभयो । कक्षा ११ देखि माथि पढ्न स्थानीय सरकारको रूपमा रहेको मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ । विद्यालय आउजाउ गर्न सहजताको लागि उहाँसँगै स्थानीय खयरसाल माध्यमिक विद्यालय र कपिलाकोट माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत १६० जना छात्राहरूले साइकल पाएका छन् । ‘साइकल चलाउनुका फाइदै फाइदा छन् । स्कुल आउजाउ गर्न छिटो हुन्छ । शारीरिक कसरत हुने भयो । यो वातावरणमैत्री पनि छ,’ साइकल चलाउन सिक्दै गर्नुभएकी रितुमायाले भन्नुभयो ।

रितुमायालाई विद्यालय आउजाउ गर्न साइकल पाउँदा खुसी लागेको छ । दुःख साइकल चलाउने बाटोे कच्ची भएकोमा छ । तल्लो देउजोरदेखि माथिल्लो देउजोरसम्म (एक घण्टा)को बाटो साँगुरो र कच्ची भएकाले साइकल डो¥याएर हिँड्नुको विकल्प नभएको उहाँले बताउनुभयो । साइकल दिएको स्थानीय सरकारले अब साइकल गुडाउने बाटो सुधार गरिदिन पर्ने उहाँको भनाइ छ ।

मरिण बहुमुखी क्याम्पस पढ्न छोरीलाई कोठा खोजेर राख्नुभएका मरिण-२ सिथौलीका सुब्बा सिंह (पवन)लाई अब साइकलमा आउजाउ गराउने सोचमा हुनुहुन्छ । घरबाट विद्यालय पदैल आउजाउ गर्र्न छोरीलाई तीन घण्टा बढी लागेपछि कोठा भाडामा लिएर राख्नुपरेको थियोे । पालिकाले दिएको साइकलले छोरी मात्रै होइन अभिभावक पनि खुसी छन् । ‘छोरीलाई साइकल चलाउने सीप हुने भयो, थप पढ्ने हौसला बढ्यो । पढेर छोरीले साइकल पायो भनेर हामीलाई पनि हर्ष भयो,’ सिंहले भन्नुभयो ।

मरिण सरकारले गरेको कार्यको उहाँले प्रशंसासमेत गर्न भ्याउनुभयो । मरिणले जस्तै अरू पालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याउन उहाँको सुझाव छ । साना बालबालिकालाई पनि १० कक्षा पास भएपछि साइकल पाउने कुराले पढ्न हौसला मिल्ने उहाँको धारणा छ ।
मरिण गाउँपालिकाले सुरु गरेको ११ कक्षामा अध्ययनरत छात्रालाई साइकल वितरण र स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई एक लाख रुपैयाँ दिइने कार्यक्रमले शैक्षिक सुधारमा मद्दत गर्ने मरिण बहुमुखी क्याम्पस प्रमुख खेमहरि बरालको बुझाइ छ । उच्च शिक्षामा महिलाहरूको पहुँच बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमअनुसार बजेट व्यवस्था गरेर कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरिएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ ले बताउनुभयो । उहाँका अनुसार स्थानीय सरकारले सडक नपुगेको ठाउँमा कच्ची बाटो भने पनि खनेको छ । त्यसलाई क्रमशः स्तरोन्नति गर्दै लगिनेछ । मरिणमा छात्राले एसइई दिएपछि पढाइ छोड्ने र सानो उमेरमै विवाह गर्नेको संख्या बढिरहेकाले छात्रा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको गापा अध्यक्ष मोक्तानले बताउनुभयो । यी र यस्ता कार्यक्रमले स्नातक तह उत्तीर्ण गरेर परनिर्भर नहुने गरी विवाह गर्ने किशोरीको संख्या बढ्ने उहाँको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.