Advertisement

कोइला प्रयोग नगरी इँटा उत्पादन

0 8

Advertisement

०८ जेठ, काठमाडौं । पोखरा इको रेड ब्रिक्स प्रालिले होल ब्रिक (प्वाल भएको इँटा) उत्पादन सुरु गरेको हो । इँटाभट्टाबाट वातावरण प्रदूषण बढेको भन्दै चर्काे आलोचनाबीच यसअघि जर्मन प्रविधिमा आधारित हफ म्यान क्लिनबाट चाइनिज इँटा उत्पादन सुरु गरेको कम्पनीले कास्कीको पोखरास्थित पोल्याङबाटै प्वाल भएको इँटा उत्पादन सुरु गरेको हो । पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष इञ्जिनियर कृष्णभक्त दुवालले भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने सामान्य इँटाको तुलनामा प्वाल भएको इँटा आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले उत्पादन सुरु गरिएको बताउनुभयो ।

इञ्जिनियर दुवालले देशैभर १५ प्रतिशतको होल ब्रिक्स प्रयोगले कोइला खपतमा मात्र वार्षिक पाँच अर्ब बचत हुने दाबी गर्नुभएको छ । हाल नेपालमा एक हजार तीन सय ५० इँटा उद्योगबाट कोइला खरिदका लागि वार्षिक २५ अर्ब रुपैयाँ विदेशिने गरेको छ । दुवालका अनुसार यस्तो इँटामा इन्सुलेसन हुने हुँदा घरबाहिरको तापक्रम धेरै हुँदा पनि भित्र चिसो राख्न र बाहिर चिसो हुँदा घरभित्रको तापक्रम सन्तुलित हुन्छ । हलुका हुने भएकाले घरको भार कम हुन्छ । यसमा फलामे डण्डी प्रयोग धेरै नहुने हुँदा घर निर्माण गर्दा लाग्ने लागत पनि कम हुन्छ ।

कम्पनीको आफ्नै एक सय रोपनीमा उद्योग राखी इँटा उत्पादन सुरु गरेको हो । जुन ठाउँ पोखरा र दमौलीबाट करिब २० किलोमिटर दूरीमा पर्छ । नेपालमा सामान्य लोकल इँटा, चाइनिज इँटालगायतका विभिन्न थरिका इँटाका साथै ब्लकका इँटा रहेका छन् । आकर्षक खालका पोंल अपा (झिंगटी), चिकं अपा (तेलिया इँंटा) लगायतका इँटा पनि उत्पादन हुने गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.