Advertisement

डाक्टर मृत भेटिएको घटनामा एक युवक प्रहरी नियन्त्रणमा

0 13

Advertisement

०६ जेठ, कैलाली । धनगढीमा चिकित्सक मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा.प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएपछि घटना अनुुसन्धानका लागि प्रहरीले धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार मृतकका परिवार किटानी जाहेरी लिएर प्रहरीमा पुगेपछि केसी शनिबार विहान आफैं प्रहरी कार्यालय आएका थिए ।

चिकित्सक शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीमा माया मेट्रो अस्पतालमै कार्यरत डा. सन्दीप भट्टराई र धनगढीका विकल केसीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ । डीएसपी चन्दले जाहेरी दर्ताको प्रक्रियामा रहेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.