Advertisement

आयो ‘बाटो : रोड टु डेथ’ को अंग्रेजी ट्रेलर

0 27

Advertisement

०६ जेठ, काठमाडौं । चलचित्र ‘बाटो : रोड टु डेथ’को अंग्रेजी ट्रेलर सार्वजनिक गरिएको छ । साउथ इण्डियन (दक्षिण भारतीय) शैलीमै साउथकै टिमबाट निर्माण भएको यो चलचित्रको नेपाली ट्रेलर सार्वजनिक गरिएको केही दिनपछि अंग्रेजी ट्रेलर सार्वजनिक गरिएको हो ।

काठमाडौं फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुनुहुन्छ । भारतको चेन्नाइमा प्राविधिक कार्य भइरहेको यो चलचित्र नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरेर छुट्टाछुट्टै चार भाषामा तयार हुनेछ ।

फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्षण भारती, उत्पल झा, विजय ताम्राकारलगायतको मुख्य भूमिका देख्न सकिन्छ । चलचित्रका निर्माता चन्दन झा हुनुहुन्छ । निर्माता झा काठमाडौं फिल्मका फाउण्डरसमेत हुनुहुन्छ ।

काठमाडौंका विभिन्न स्थानका अलावा उदयपुरको गाईघाटमा छायांकन भएको चलचित्रको रिलिज मिति अहिले सार्वजनिक गरिएको छैन । चलचित्र डब्बी एटमस साउण्डमा तयार हुनेछ । डब्बी एटमस साउण्ड सिष्टममा नेपालमा पहिलोपटक फिल्म तयार हुन लागेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.