प्रधानमन्त्री प्रचण्ड भन्छन्– नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको छ
०६ जेठ, काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने दाबी गरेका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहरण समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको बताएका हुन् ।
‘हामीलाई दबाव छ । तर जनताको साथ छ । सरकारको काममा जनताको उत्साह देखिएको छ’ उनले भने, ‘युद्धको बेला पनि घेराबन्दी र सखाप पार्ने रणनीति चिरेरै आएका हौं । अहिले पनि घेराबन्दी चिरेर अगाडि बढ्छौं ।’
उनले कतिपय शक्तिहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने प्रयास भइरहेको उल्लेख गर्दै भने, ‘यसलाई रोक्न परिवर्तन पक्षधर शक्तिहरू एक हुनुपर्छ ।’