Advertisement

पिरुवा जहा पुग्ने बित्तीकै हुन्छ एसी कोठाकै अनुभुती

0 40

Advertisement

०६ जेठ,कैलाली। गर्मी छल्न चहानेहरुका लागि पिरुवा एक गन्तब्य स्थल बन्न सक्छ । जहा पुग्ने बित्तिकै एसी कोठामा बसेको अनुभुती हुने गरेको छ । उसो त जुनसुकै मौसममा बनभोज स्थलका लागि प्रख्यात बन्दै गएको पिरुवा गर्मी याममा बनभोज संगै गर्मी छल्ने ठाउको रुपमा समेत चिनिन थालेको छ । सिमसार जस्तै देखिने पानीका स–साना खोल्सा र बेदवासले छपक्कै ढाकिएका रुखहरुको शितल्ताले मानिसलाई चिसोको अनुभुती संगै गर्मी छल्न सहज हुने गरेको हो ।

कैलालीको बर्दगोरीया गाउपालिका वडा नम्बर २ कुम्भियामा रहेको बनभोज स्थल पिरुवा संरक्षण र ब्यवस्थापनको पर्खाईमा समेत रहेको छ । पछिल्लो समय बनभोज खान तथा गर्मी छल्न आउने मानिसहरुको भिड समेत लाग्ने गरेको पाईन्छ । यस क्षेत्रले पहाड र तराइलाई संयोजन गर्ने दृश्य त झनै मनमोहक लाग्ने गर्दछन । बनभोज स्थलको पुर्व पट्टी खेती योग्य जमिनलाई पहाडले घेरीएको उपत्यकाको दृश्य, उत्तर पट्टी रहेको हरीयाली फाटहरुको दृश्य र माथी डाडाबाट हेर्न सकिने सुन्दर गाउका दृश्यहरुले त झनै मानिसको मनै लोभ्याउने गरेका छन । पिरुवा क्षेत्र अथाह सम्भावना बोकेको क्षेत्र भएता पनि यसको विकास र बिस्तारका लागि स्थानीय सरकार तथा सरोकारवालाको ध्यान पुग्न सकेको छैन । जस अनुरुप यस क्षेत्रको सम्भावना संगै चुनौती र समस्याहरु पनि उत्तिकै रहेका छन ।

पिरुवा सामुदायिक वनले यसको सामान्य ब्यवस्थापन गर्न खोजेको भएपनि प्रभावकारी कामहरु भने गरेको देखिदैन । पिरुवामा जुनसुकै समयमा सहज रुपले गाडी पुग्न सक्ने बाटो निर्माण, गाडी पार्किङ स्थल निर्माण, फोहरको उचित ब्यवस्थापन, खानेपानीको राम्रो प्रबन्ध, बस्नका लागि प्राकृतीक बेन्च निर्माण लगायतका समस्याहरु प्रमुख देखिएका छन । बौनिया बजारबाट अनुमानित ५ किलो मिटरको दुरीमा रहेको पिरुवा बनभोज स्थलमा कुम्भिया गाउ वा बर्दगोरीया धाम हुदै जान सकिन्छ ।

सुन्दर शान्त र रमणीय स्थल हुदा हुदै पनि ओझेलमा परेको पिरुवा जनप्रतीनिधी आएपछी केही सुधार सहितको विकास हुन्छ की भन्ने जनताको अपेक्षा हाल सम्म पनि पुरा हुन सकेको छैन । स्थानीय सरकारले पिरुवालाई बिशेष बनभोज स्थलकै रुपमा विकास गर्ने भने पनि हाल सम्म कुनै योजनाहरु ल्याउन नसकेको स्थानीवासीको गुनासो छ । सोही क्षेत्रमा पिरुवा सिचाई आयोजनाको काम समेत शुरु भएकाले बनभोज स्थल नै बिस्थापित हुन सक्ने भन्दै थप ब्यवस्थापन गर्न नसकिएको वनकी अध्यक्ष जानकी चौधरी बताउनु हुन्छ । सिचाई आयोजनाले बजभोज स्थललाई बिस्थापित गर्ने अवस्था आएमा अर्को ठाउमा ब्यवस्थापन गर्ने बताईएको छ ।

यस क्षेत्रलाई पर्यटन गन्तब्य संगै आर्थिक उपार्जनको क्षेत्र संग पनि जोड्न सकिन्छ । स्थानीय सरकारले यसको उचित ब्यवस्थापन सहितको योजना ल्याएमा यस क्षेत्रमा अत्याधिक मात्रमा पाईने बेदबास बाट पनि थुप्रै आयस्रोत बढाउन सकिने देखिन्छ । यसले सरकारको आयस्रोत संगै धेरै मानिसहरुलाई स्वरोजगार समेत बनाउन सकिने अवस्था छ । प्रभावकारी योजना नहुदा हाल बेदवासहरु समेत सुकेरै खेर गईरहेको पाईन्छ । त्यसैले पिरुवालाई बनभोज स्थलको रुपमा मात्र नभई आर्थिक उपार्जनको क्षेत्र संग समेत जोडेर योजना बनाउन आवश्यक देखिन्छ ।   



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.