Advertisement

विमानस्थल भन्सार कार्यालयका नायब सुब्बालाई व्युरोले समात्यो

0 63

Advertisement

३१ बैशाख, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका एक नायब सुब्बालाई पक्राउ गरेको छ।

शनिबार नासु रेवन्त खड्कालाई कार्यालयको कार्यकक्षबाटै पक्राउ गरिएको भन्सार विभागका एक कर्मचारीले पुष्टि गरेका छन्।

अनुसन्धान प्रक्रियामा गइसकेका कतिपय मुद्दामा व्यक्तिगत लाभ हुनेगरी चासो राखेपछि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। ‘निजी स्वार्थका लागि उहाँले अनुसन्धान प्रक्रियामा रहेका कतिपय मुद्दामा चासो राखेको पाइयो। उनीविरुद्ध उजुरी परेपछि नियन्त्रणमा लिएका हौं,’ सीआईबीका एक अधिकारीले भने।

नासु खड्काले विदेशबाट आफन्तले ल्याएका अवैध सामानसमेत अनुसन्धानमा नलगिकनै फिर्ता पठाउने गरेको स्रोतको भनाइ छ। ‘उहाँले केही समयअघि आफन्तले विद्युतीय चुरोटभित्र सुनजस्तो देखिने धातु ल्याए पनि प्रक्रिया नपुर्‍याइकनै फिर्ता लैजानुभयो। सीसीटीभीको तार काटेर कार्गोमा रहेका बहुमूल्य सामानहरू पनि लैजाने गरेको कुरा आएको छ,’ अनुसन्धानमा खटिएका ती प्रहरी स्रोतले भने।

अन्नपूर्ण



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.