Advertisement

भ्रष्टाचारविरुद्ध काठमाडाैको नक्साल र माइतीघरमा प्रदर्शन (फाेटाेफिचर)

0 42

Advertisement

३० वैशाख, काठमाडाैं । नक्कली भुटानी शरणार्थी काण्ड लगायतका भ्रष्टाचारविरुद्ध काठमाण्डौको नक्साल र माइतीघरमा प्रदर्शन भएको छ । भ्रष्टाचारीहरुलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै प्रदर्शन भएकाे हाे ।

नक्सालमा भएको प्रदर्शनमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, विभिन्न राजनीतिक दलका नेता, कलाकार, साहित्यकार, बुद्धिजीवी लगायतका व्यक्ति सहभागी भएका छन् । यस्तै, नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भइ भ्रष्टाचारविराेधी विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत दिएका छन् ।

प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रुपमा सदन र सडकमा उभिएको बताउनु भयो ।

उहाँले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको बताउनु भयो । प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न रहेको बताउनु भयो ।

त्यस्तै, प्रदर्शनमा सहभागी भावना राउतले नागरिकले देश र नागरिकको लागि काम गर्छौैँ भन्ने नेताहरु नै भ्रष्टाचारी बनिरहेकाले सबै नागरिकले आवाज उठाउनुपर्ने बताउनु भयो ।

फाेटाेफिचर:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.