Advertisement

शनिबार देशका पाँचवटा प्रदेशमा वर्षा हुने

0 9

Advertisement

३० बैशाख, काठमाडौं । शनिबार देशका पाँचवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

बंगालको खाडीमा विकसित भइरहेको “मोखा” नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्रवात उत्तर-उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले यसको नेपालमा भने उल्लेखनीय प्रभाव नरहने महाशाखाको भनाइ छ।

शनिबार राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.