Advertisement

अन्तर्राष्ट्रिय श्रमिक दिवस

0 32

Advertisement

१८ बैशाख, काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । यो दिन, विश्वभरका धेरै देशहरूमा राष्ट्रिय बिदा मनाइन्छ, यद्यपि उत्सवको मिति वा नाम भनेफरक हुन सक्छ।रेमंड ल्याभिनले पेरिस बैठकमा प्रस्ताव गरे अनुसार सन्‌ १८८९ वा बी.स. १९४६ मा एक वार्षिक दिवसको रूपमावार्षिक आधारमा मे दिवस मनाउने निर्णय ररियो।

१८ बैशाख, काठमाडौं । ग्रेगोरियन क्यालेन्डर (ईश्वी. सम्वत- सन्‌) अनुसार प्रत्येक वर्ष मे महिनाको पहिलो दिन अन्तराष्ट्रिय मजदुरदिवसलाई विश्व भरका सबै मजदूर-वर्ग र मजदुरहरूको अधिकार, चासो, र प्रगतिको चिह्का लागि “मे दिवस”भनेर पनि चिनिन्छ। यो दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा भव्य सहभागिता अनि श्रमसँग सम्बन्धी तत्त्वहरूको सान्ध्यताका साथ मनाइन्छ । संसारभरि धेरैलाई यस मे दिवसलाई अलिक समाजवाद अनि कम्यूनिज्मसँग मात्र जोडेर क्युबा र पूर्व सोभियत युनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ, तथापि सम्पूर्ण रूपमा श्रमिक अधिकारको यस दिवसलाई प्रजातान्त्रिक रूपमा अझ महत्त्व र उत्कर्षका साथ देख्न जरुरी छ ।

१९औँ शताब्दीलाई श्रम अनि श्रमिकको शताब्दीका रूपमा चिनिन्छ, यसै शताब्दीको सुरुवातसँगै विभिन्न कारखाना, उद्योग, उत्पादन अनि विकासका नयाँ आयामको सुरुवात भएका हुन्, यी उद्योग अनि औद्योगीकरणमा श्रमिक अनि कार्यगत समूहको महत्त्व अनि श्रमको उचित मूल्यका लागी आजको दिन संसारभरि पैरवी गर्नका लागी अत्यन्त महत्त्वपूर्ण छ ।

रेमंड ल्याभिनले प्रस्ताव गरे कि“शिकागो दंगा” कोवार्षिकोत्सव मनाउन अन्तराष्ट्रिय प्रदर्शन आवश्यक छ भन्ने निश्कर्ष अनुसार सन्‌ १८९१ अर्थात्‌ बी.स. १९४८, माअन्तराष्ट्रिय श्रम संघको दोस्रो कांग्रेसले मै दिवसलाई बर्षमा एक पटक आधिकारिक रूपमा वार्षिक समारोहकारूपमा मनाउन मान्यता दिए।“मेडे दंगा” (१८९४ सन्‌) अर्थात्‌ ११५१ बी.स मा भएको थियो र त्यसपछि सन्‌ १९०४ सन्‌ वा बी.स १९६९ माएम्स्ट्डम को अन्तराष्ट्रिय समाजवादी सम्मेलनले सन्देश दिएको थियो “सबै सामाजिक लोकतान्त्रिक पार्टी संगठनर सबै ट्रेड युनियनहरूले दिनको ८ घण्टा काम गर्ने कानुनी ब्यवस्था गर्ने, श्रमिक वर्गको मागहरु र विश्वव्यापीशान्तिका लागि मे १ मा पुर्ण उर्जाका साथ प्रदर्शन गर्नु आवश्यक छ”। र यो घोषणा पनि गरिएको थियो जसअनुसार “सबै देशका श्रमजीवी वर्गका संगठनहरूले मै १ तारिखमा काम रोक्न अनिवार्य छ, तथा श्रमिकलाई कुनैप्रकारको चोटपटक नहुने ब्यवस्था गर्नु पर्ने छ ।

”विगतमा, माथि उल्लेखित नियम व्यवहारमा आउनु अघि कामदारहरूले असुरक्षित काम गर्ने ठाउँमा कामगरिरहेका थिए, कामदारहरूले दैनिक १६ देखि १८ घण्टा काम गर्नुपर्दथ्यो, जबकि प्रति दिन ८ घण्टा मात्र काम गर्नेनियम लाई संयुक्त राष्ट्र महासभा द्वारा, संयुक्त राष्ट्-स्तरको अन्तराष्ट्रिय श्रम र सामाजिक संगठन एम्स्ट्डमले(१९०४ सनु) अर्थात्‌ बी.स १९६१ मा अनुमोदन गरिसकेको थियो।मे दिवसको यो उत्सवले विश्वभर एक ऐतिहासिक महत्व बोकेको छ, विश्वभर का श्रमिक युनियनहरु द्वारा मनाईनेयस मै दिवस नेपालमा पनि मनाईन्छ। विभिन्न जुलुस, प्रदर्शन, भाषण, विरोध जुलुस र परेडहरू संगठितकामदारहरू र मजदुर युनियन इत्यादिद्वारा आयोजित गरिने गरिन्छ र सुरक्षाकर्मीहरू कुनै पनि प्रकारको हिंसाकोबिरुद्ध संरक्षणको लागि तयार अवस्थामा रहेका हुन्छन्‌।

नेपालका प्रमुख राजनीतिक दलहरू र सम्बद्ध मजदुर’युनियनहरूले याली र अन्य विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्दछन। नेपाली काग्रेस र सत्तारूढ नेपालकम्युनिष्ट पार्टीको हालसम्म सबैभन्दा ठूलो ट्रेड युनियन संगठन रहेको छ। २००७ बी.स. अर्थात्‌ सन्‌ १९५० माप्रजातन्रको स्थापना भएपछि मात्र नेपालले मै दिवस मनाउन थालेको हो। यो नेपाल सरकार, गैर-नाफामुखी संस्था,ट्रेड युनियन तथा निजी क्षेत्र लगायतको संयुक्त समन्वयमा यो दिवस मनाइन्छ।अन्तराष्ट्रिय श्रम संगठन (आई.एल.ओ) ले आफ्नो प्रतिवेदनमा भनेको छ कि विश्वभरि ३.४४ अरब भन्दा बढीकामदार छन्‌। आजकल अन्तराष्ट्रिय स्तरमा पनि कामदारहरू अरु देशहरूमा जागिर खोञ्दै चलन रहेको छ तथानेपाल पनि उनीहरूमध्ये एक हो जहाँ श्रमिकहरू ठूलो संख्यामा काम गर्न विदेश जान्छन्‌ र सरकारको तथ्याकअनुसार लगभग १४ लाख नेपालीहरु वर्षेनी वैदेशिक रोजगारीका लागि देश छोड्छन्‌।मे १, फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटली, नर्वे, पोल्याण्ड, स्लोभाकिया, स्लोभेनिया, स्पेन, र स्विडेन तथा धेरैयुरोपियन देशहरूमा राष्ट्रिय बिदा को रुपमा मनाईन्छ। त्यस्तै गरि मध्य अमेरिका, का कोस्टारिका र पानामा,रक्यारिबियनका केही भागहरूमा पनि यो दिन राष्ट्रिय बिदा को रुपमा मनाई-्छ।

मेक्सिको र दक्षिण अमेरिकामा मेशेराष्ट्रिय बिदा हो, त्यसै गरि अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, इक्वेडर, गुयाना, पेरू, उरुग्वे, र भेनेजुएलाजस्ता देशहरूमा पनि यो दिनलाई राष्ट्रिय बिदा को स्थानमा राखिएको छ। रूसी संघमा पनि मे १ राष्ट्रिय बिदा हो,भने एशियाका विभिन्न देशहरु चीन, थाइल्यान्ड, लगायत भियतनाम जस्ता देशहरुले पनि मजदुर दिवस वा मे १लाई राष्ट्रिय बिदा को रुपमा मनाउँछन।अन्तराष्ट्रिय श्रम दिवस तथा मे दिवसको इतिहास र सन्दर्भपुरातन ग्रीक उत्सव एन्थेसटेरिया बाट प्रेरित, मे डे मूल रूपमा वसन्तक्रतुको उत्सव थियो, जुन मे-जून महिनामाप्रकृतिमा बसन्त क्रतुको आगमनलाई स्वागतको रुपमा मनाउने गरिन्थो । परम्परागत रूपमा, मै डे फूलको भेला रमे पोल वरिपरि नाच गान यस्को विशेषता थियो। तर समय बित्दै जाँदा, आजकल समाजवादी र कम्युनिष्टदेशहरूमा औद्योगिक र अन्य श्रमिकहरूलाई सम्मान दिन श्रम महोत्सवको रुपमा परिणत भएको छ।अमेरिकामा गृहयुद्ध पछि “८ घण्टाको काम आन्दोलन” वा भनौं, दिनको १० घण्टाबाट ८ घण्टा सम्म मात्र काम गर्नतत्कालीन राष्ट्रिय मजदुर युनियनको प्रमुख उद्देश्य थियो र यसको पहिलो बैठक सन्‌ १८६६ अर्थात्‌ बी.स १९२३ माभएको थियो। काग्रेस र छ वटा राज्यले सन्‌ १८६८ सन्‌ अर्थात्‌ बि.स १९२५ देखि आठ घण्टा काम गर्ने कार्यनीतिसुरु गरे।

नेशनल फेडरेशन अफ आर्गनाइज्ड ट्रेइस एण्ड लेबर एसेम्ब्लीले मे १, १८८६, तदनुसार १०४३ बि.समा’एक आम हडताल आह्वान ग्यो, जुन नियोक्ताहरूको मागलाई कार्यान्वयन गराउन र आठ घण्टाको वर्क डै पालना’गराउने उध्देश्य बाट प्रेरित थियो सन्‌ १९४७ अर्थात बि.स २००४ मा तत्कालीन रसिया र अमेरिका बीचकोकम्युनिष्ट बिरुध्दको शीतयुद्ध उत्कर्षमा, विदेशी भुमिमा युद्ध गरिरहेका अमेरिकी सैनिकहरुले मे १ को नाम“वफादारी दिवस” (लोयल्टी डे) पनि राखेका थिए र संयुक्त अधिवेशनपछि केग्रेसले उक्त घोषणा आधिकारिकपनि गरे।धेरै देशहरूमा, मे १ छुट्टी, ट्रेड युनियन आन्दोलन द्वारा सुरक्षित गरिएको थियो जसलाई समाजवादी पार्टीहरूलेसमर्थन गरेका थिए। तर, जर्मनीमा त्यस्ता आन्दोलनहरू व्यर्थ साबित भए। एडोल्फ हिटलर द्वारा एक पुरस्कार कोरूपमा, मे १ सन्‌ १९३३ नेपालि १९९० बि.स. मा लागु त गरे तर केहि समय पछि नै उनले सबै ट्रेड युनियनहरु कोविघटन गरिदिए।

उता, संयुक्त अधिराज्यले ट्रेड युनियनहरूले यस दिवस मनाउन तर व्यापारलाई हुने क्षतिलाईन्यूनीकरण गर्नका लागि सन्‌ ११७८, नेपालि बि.स. २०३५ मा मे डै बैंक होलिडे को रुपमा स्थापना गयो जुन मैमहिनाको प्रत्येक पहिलो सोमबार आयोजना हुने गरथ्यो।चिनियाँ सरकारले सन्‌ १९५० तदनुसार बि.स. २०४७ को अवधिमा श्रम दिवसलाई ३ दिनसम्मको बिदाको रुपमाविस्तार ग्यो र ति तीन दिनको साथ अघिल्लो र आउँदो साताको अन्त्यको बिदा जोडेर सात दिनको छुट्टी बनायो।यी सात दिनहरूले यस अवधिमा लाखौं चिनियौं मानिसहरूलाई यात्रा गर्न सक्ने छुट्टीको रूपमा सेवा गरे तर पछिसरकार द्वारा यस बिदालाई पछि सन्‌ २००८, बि.स. २०६५ सालमा घटाएर मात्र एक दिनमा नै सिमीत गरियो।अन्तमा, नेपालमा लोकतन्त्र स्थापना भएको धेरै समय भएको छैन यहाँ प्रजातन्त्र बि.स. २००७, सन्‌ १९९०सालमा पहिलो पटक स्थापना भएपछि नेपालले मै दिवस मनाउन थालेको हो र त्यसपछिको राजनीतिक दृश्यलेदेशमा फेरि यस्ता प्रकारका गतिविधिहरूलाई अनुमति दिएन पनि, तर आजको दिन सम्म नेपाल एक गणतान्त्रिकदेशमा परिबर्तन भईसकेको अवस्थामा भने श्रम दिवसलाई, मात्र जुलुसहरू आयोजना गर्ने, श्रमजीवीमजदुरहरूको अधिकार र उनीहरूको सशक्तिकरणको लागि भाषण, विरोध जुलुस र परेड गर्नु पर्याप्त छैन।त्यसैले नेपालका ठूला राजनीतिक दलहरू र सम्बन्धित श्रम संघहरू र नेपाल सरकार, गैर-नाफामुखी संगठनहरू,ट्रेड युनियनहरू लगायत निजी क्षेत्रको संयुक्त समन्वयमा उनीहरूको सृजनात्मकता र लगनशीलतालाईमध्यनजर गर्दै वर्तमान गरिबी, उत्पीडन र कम तलब आदि इत्यादि अवस्थाबाट यी श्रमजिदी मजदुरहरूको उत्थानगर्न आवश्यक छ। यो अहिलेको संक्रमणकालीन चरणमा देशको प्रमुख आवश्यकता हो जुन हामीले राजतन्तलाईसमाप्त गरेर गणतन्तको नयाँ युगमा प्रवेश गरेको अवसरको पुर्ण रूपमा फाईदा लिन नसकै जनताकोयुगानुयुगको कठोर तपस्याको एउटा भद्दा मजाक मात्र हुनसक्ने छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.