Advertisement

आज पृथ्वी दिवस।

0 154

Advertisement

०९ बैशाख, काठमाडाैं । आज २०८० साल बैशाख ९ गते शनिबार अन्तराष्ट्रीय पृथी दिवस हो।यो पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ।यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो।यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ।

सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए।तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे।त्यस दिन देखि आज सम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरि नै बिश्व पृथ्वी दिवस मनाउने गरिन्छ ।

‘पृथ्वी’ संस्कृत शब्द हो।यसलाई तत्सम शब्द पनि भन्न सकिन्छ।पृथ्वीलाई पृथिवी पनि भनिन्छ।यसको अर्थ हुन्छ – विशाल धरा। धरा भनेको धरती हो।विभिन्न भाषामा यसलाई विभिन्न नामले पुकारेको पाइन्छ तर संस्कृतमा अत्यधिक प्रचलनमा रहेको पृथ्वी शब्दको उत्पत्ति पृथु नामबाट भएको मानिएको छ।

राजा वेनका पुत्र पृथु थिए।पृथुले भूमण्डलमा सर्वप्रथम सर्वाङ्गीणरूपले राज्य शासन स्थापित गरेको कारण उनकै नामबाट पृथ्वी भन्न थालिएको पाइन्छ।पृथुले नै पृथ्वीलाई सम्याए तथा बस्न र उब्जनी हुन लायक बनाए भन्ने पौराणिक मान्यता छ। पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.