Advertisement

मिसन ग्रासरुटले पार्टीमा नयाँ उत्साह थपेको छ : महासचिव पोखरेल

0 31

Advertisement

०९ बैशाख, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशभर मिसन ग्रासरुटले पार्टीमा नयाँ उत्साह थपेको बताएका छन् । मिसन ग्रासरुट अभियानका सबै प्रतिवेदनका आधारमा पार्टी केन्द्रीय कमिटीको आगामी कार्ययोजनाको जग तयार गरिने उनले बताए ।

काठमाडौँको महाराजगञ्जमा भएको मिसन ग्रसरुट अभियान र सिकाइ छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पार्टीले हाल अभियानको समीक्षा गरिरहेको उनले जानकारी दिए । “एउटा प्रदेशमा ९० वटा प्रतिवेदन तयारी हुने र देशभरिका सात सय ५३ पालिकाबाट अलगअलग प्रतिवेदन आउनेछ । पार्टी कमिटीको कार्ययोजना सबै प्रतिवेदनका आधारमा बन्नेछ”, उनले भने ।

प्रदेशको प्रतिवेदनका आधारमा प्रदेशको कार्ययोजना बन्ने, जिल्ला प्रतिवेदनको निष्कर्षका आधारमा जिल्ला कार्ययोजना बन्ने र पालिका प्रतिवेदनका आधारमा पालिका कार्ययोजना निर्माण गर्ने तयारी गरिएको महासचिव पोखरेलले बताए ।
नेपालको राजनीतिक इतिहासमा यति ठूलो अभियान यो पहिलो पटक गरिएको भन्दै उनले पार्टीले के अपेक्षा राखेको थियो र केकस्तो नतिजा आयो भन्ने कुरा आगामी दिनमा आधारभूत तहका प्रतिवेदनले दिने बताए ।

महासचिव पोखरेलले भने, “आगामी चार वर्षपछिको निर्वाचनमा बलियो राष्ट्रिय बहुमत प्राप्त गर्न सहज होस् भनेर पार्टीले देशव्यापी अभियान चलाएको छ । वैचारिक सङ्गठानिक अभियानको मुख्य उद्देश्य युवाबीच पार्टीलाई पु¥याउन र स्थापित गर्न पनि हो ।”

“मिसन ग्रासरुट पार्टी सुदृढीकरणको विस्तार अभियानलाई हामीले अगाडि बढाउन खोजेका छौँ । मिसनको उद्देश्य तत्कालको परिणाममा हामी केन्द्रित छैनौँ । चार वर्ष पछाडि यो मुलुकमा नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नेछ । मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्नसक्ने खालको बहुमतको सरकार बनाउने सामथ्र्यका रूपमा हामीले अभियानलाई हेरेका छौँ”, उनले थपे । पार्टीभित्रको सक्रियता निष्क्रियता सबै मापन गरेर सक्रियको जमातका रूपमा पार्टीलाई रुपान्तरित गरिने उनको भनाइ थियो ।

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले पार्टीले देशभर सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको अनुभव र सिकाइ केकस्ता भए भनेर छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताए । यस अभियानले पार्टीमा थप सहयोग पुर्याउन सहरमा मात्र केन्द्रित नभएर हरेक स्थानीय तहसम्म पार्टीलाई सुदृढीकरण गर्न सहयोग पुग्ने बताए । पार्टीलाई सही ढङ्गले प्रतिक्रिया दिन अनुभव र सिकाइको अन्तक्र्रिया गरिएको उनको भनाइ छ ।

मिसन ग्रासरुट : अभियान र सिकाइको कार्यपत्र प्रस्तुत गर्दै उपाध्यक्ष विधान आचार्यले मिसनको उद्देश्यमा जनसङ्गठनको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले विभिन्न समुदायमा पार्टीलाई लैजान र स्थापित गर्न, पार्टी कार्यकर्ता तयार गर्न नर्सरीका रूपमा विकास गर्न र सरोकारका विषयमा आफ्नो समुदायको बढी केन्द्रित गर्न जनसङ्गठनको भूमिका धेरै रहेको धारणा राखे ।

उपाध्यक्ष आचार्यले मिसन ग्रासरुटबाट पार्टीभित्र छड्के परीक्षण भएकोसमेत बताए । आफ्नो जिम्मेवारीको बोध नगरेका सदस्यलाई जिम्मेवार बनाउनसमेत भूमिका खेलेको उनको भनाइ थियो । त्यसैगरी टिप्पणीकर्ता मीनबहादुर शाहीले पार्टीभित्र सही ढङ्गले सदस्यता वितरण गर्नुपर्ने बताए । उनले स्थानीय तहमा भएका कमिटी चलायमान राख्नुपर्ने र स्थानीय तहका कमिटीमार्फत सदस्य थप गर्दा अझ प्रभावकारी हुने धारणा राखे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.