Advertisement

ढाकाले पठाए स्पष्टीकरणको जवाफः अडिओको आवाज सम्पादित भएको ढिपी

0 14

Advertisement

काठमाडौं । अडिओ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीको अनुशासन आयोगलाई लिखित स्पष्टीकरण पठाएका छन् । आयोगले दिएको २४ घन्टाको समय नघाएर हिजो राति अबेर उनले स्पष्टीकरण दिएका हुन् ।

स्रोतका अनुसार श्रेष्ठले सार्वजनिक अडि‌ओमा भएको आवाज ‘सम्पादित’ रहेको उल्लेख गरेका छन् ।

स्रोतले भन्यो, ‘स्पष्टरूपमा त्यो आवाज मेरो होइन भनिएको छैन, तर आवाज सम्पादन गरिएको भनिएको छ ।’

श्रेष्ठले मात्र एक अनुच्छेदको स्पष्टीकरण पार्टीले गर्ने कुनै पनि निर्णय आफूले स्वीकार्ने उल्लेख गरेका छन् । यसअघि स्पष्टीकरणसँगै राजीनामा समेत दिने संकेत उनले अनुशासन आयोगलाई दिएका थिए । तर, केही कानून व्यवसायीहरूसँग छलफलपछि तत्काल राजीनामा दिने मनस्थिति उनले बदलेको स्रोतले बतायो ।

श्रेष्ठको स्पष्टीकरणपछि अनुशासन आयोगको वैठक अहिले १२ बजे बस्दैछ । सो बैठकले आज दिनभरिमा ठोस निर्णय लिने आयोगका संयोजक भरत देवकोटाले बताए । आयोगलाई पार्टीमा प्रतिवेदन बुझाउन भोलिसम्मको समय छ ।

‘सकेसम्म आजै, नत्र भोलि प्रतिवेदन बुझाउने गरी काम गरिरहेका छौं,’ उनले भने ।

श्रेष्ठले आवाज आफ्नो भएको स्वीकार नगरेपछि यसको अनुसन्धानका लागि फरेन्सिक टेस्ट गर्नुपर्ने हुन्छ । यो विषयमा पनि अहिलेको वैठकमा छलफल हुनेछ । श्रेष्ठमाथि कारबाहीको निर्णय लिनुअघि आयोगले उनको थप बयान लिन सक्ने सम्भावना छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.