Advertisement

मास्टर सेफ सन्तोस साह अष्ट्रेलिया आउँदै

0 40

Advertisement

२२ चैत्र, काठमाडौं । मास्टर सेफ सन्तोष साह अस्ट्रेलिया आउने भएका छन्।

आगामी मे २ देखि ६ सम्म नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्ने उद्धेश्यले हुने ‘नेपाल फुड फेस्टिभल’ कार्यक्रममा सहभागी हुन साह अष्ट्रेलिया आउन लगेका हुन्।

अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजको आयोजना हुने नेपाली खाना महोत्सव टाउनहलस्थित नमस्ते रेस्टुरेन्टमा आयोजना हुनेछ।

उक्त कार्यक्रममा मास्टर सेफले साहले आफ्नो पाककला प्रदर्शन गर्ने र प्रामाणिक नेपाली परिकारहरू तयार पार्नेछन्।

कार्यक्रमबाट खानाप्रेमीले नेपाली खानाको अनुपम स्वादको स्वाद लिन र सिक्न पाउने कलेजका सीइओ गणेश केसीले जानकारी दिए।

कार्यक्रममा साहले अष्ट्रेलियामा रहेका प्रशंसकहरू, खाना उत्साहीहरू र नेपाली समुदायका सदस्यसँग अन्तरक्रियासमेत गर्नेछन्।

महोत्सवमा विभिन्न नेपाली परिकार, संगीत र सांस्कृतिक प्रस्तुतिहरू हुनेछन्। 

कार्यक्रमले सहभागीलाई नेपालको समृद्ध र विविध संस्कृति, खाना र कलाको माध्यमबाट अनुभव गर्ने मौका मिल्ने आयोजक मध्येका एक डीला खरेलले बताए।

‘यी सबै कार्यक्रमहरू नेपाली भाषामा आयोजना हुनेछन्। जसले समुदायका नेपालीभाषी सदस्यलाई मास्टर सेफ साहसँग जोडिन र सिक्ने मौका मिल्नेछ’, खरेलले भने।

कार्यक्रममा सहभागी हुनका लागि यो लिंकमा क्लिक गरेर आफ्नो सिट सुरक्षित राख्न आयोजकले अनुरोध गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.