Advertisement

फेरि बढ्दैछ कोरोना संक्रमण

0 31

Advertisement

१८ चैत, काठमाडाैं । नेपालमा कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार १ हजार ७९ जनामा गरिएको परीक्षणमा १४२ जनामा संक्रमण देखिएको छ ।

यसअघि चैत १६ गते ४२, चैत १५ गते ३४, चैत १४ गते २४ र चैत १३ गते ६९ जनामा संक्रमण देखिएको थियो । संक्रमित बढेसँगै सक्रिय संक्रमित पनि बढेका छन् ।

शुक्रवार सक्रिय संक्रमितको संख्या १६३ पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा संक्रमण बढिरहेकाले खुला सीमा नाका कारणले त्यसको असर नेपालमा परेको बताए । उनले खुला सीमा नाकाबाट संक्रमित नेपाल भित्रिएको हुनाले संक्रमण बढेको बताए ।

भारतको उत्तर प्रदेशमा संक्रमण बढिरहेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.