Advertisement

आगामी भदौदेखि कृषि औजार कारखानाबाट व्यावसायिक उत्पादन सुरू हुन्छ : महावीर पुन

0 38

Advertisement

०१ चैत, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले २०८० साल भदौदेखि वीरगञ्ज कृषि औजार कारखानाले व्यावसायिक उत्पादन थाल्ने दाबी गरेको छ ।

केन्द्रका अध्यक्ष महावीर पुनले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । उनले सानो परिमाणमा मात्रै भए पनि कारखानाबाट उत्पादन थालिने बताए । ‘अबको ६ महिना भित्रमा सो कारखानाबाट थोरै मात्रामा भए पनि औजारहरु उत्पादन गर्न सुरु गरिने छ’ पुनले भनेका छन् ।

पुनकाअनुसार गत असोजमा सरकारले कारखाना मर्मतको जिम्मा दिएयता केन्द्रले ७० प्रतिशत मेसिनको मर्मत गरेको छ । ती मेसिनहरुको मर्मतका क्रममा केही कृषि औजारहरु उत्पादन भएको पनि उनले बताए ।

पुनकाअनुसार कारखाना व्यावसायिक रुपमा सञ्चालन गर्न आर्थिक स्रोत जुटाउन केन्द्रले अफ्नो जीवनी प्रकाशित गर्ने र त्यसबाट आएको रकम पनि कारखानामा खर्चिने छ ।

भग्नावशेषमा परिणत कम्पनीको पुरानो मेसिनहरु मर्मत गरेर परीक्षण गर्दा गत हप्ता पराम्परागत कृषि औजारहरु उत्पादन भएको थियो । पुनकाअनुसार परीक्षणका क्रममा साबेल, गैंती, कुटो, कोदालो, बञ्चरो लगायतका उपकरणहरु बनेका थिए ।

गत ३१ भदौको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोहीअनुसार ११ असोज २०७९ मा सरकारले कृषि औजार कारखाना १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने सम्झौता अर्थ मन्त्रालय र केन्द्रबीच भएको थियो ।

अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच भएको सम्झौताअनुसार केन्द्रलाई कारखाना पुनः सञ्चालनमा ल्याउने जिम्मेवारी छ । सरकारले दिने भनेको २० करोड रुपैयाँ अहिलेसम्म प्राप्त नभएको केन्द्रले बताएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.