Advertisement

दश विशेष समिति स्थापनाको निर्णयका साथ सीपीपीसीसीको बैठक सम्पन्न

0 72

Advertisement

०१ चैत, बेइजिङ । देशको शीर्ष राजनीतिक सल्लाहकार निकाय चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी)को १४औं राष्ट्रिय समितिको पहिलो स्थायी समिति बैठक दशवटा विशेष समिति गठन गर्ने निर्णयका साथ समाप्त भएको छ । बैठकले सीपीपीसीसी राष्ट्रिय समितिअन्तर्गत अर्थ, कृषि, कानुन, जातीय, धार्मिक, सामाजिक तथा वैदेशिक मामिलालगायत धेरै क्षेत्र समेट्न ती समिति गठनको निर्णय गरेको हो ।

स्थायी समिति बैठकले विशेष समितिका सञ्चालक एवं उपनिर्देशकको नामावली पनि अनुमोदन गरेको छ । बैठकको अध्यक्षता चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्य तथा सीपीपीसीसी राष्ट्रिय समतिका अध्यक्ष वाङ हुनिङले गर्नुभएको थियो ।

अध्यक्ष वाङले विशेष सल्लाहकार निकायको रूपमा आफ्नो भूमिका अझ सशक्त हुने जानकारी दिँदै सीपीपीसीसी राष्ट्रिय समितिको स्थायी समितिका सदस्यहरूलाई राजनीतिक परामर्शका गतिविधि सावधानीपूर्वक व्यवस्थापन गर्न आग्रह गर्नुभयो । स्थायी समितिको बैठक गत आइबारदेखि प्रारम्भ भएको थियो । रासस/सिन्हृवा ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.