Advertisement

उपराष्ट्रपतिमा एमालेले उम्मेदवारी नदिने

0 21

Advertisement

२६ फागुन, काठमाडाैं । नयाँ उपराष्ट्रपति निर्विरोध चुनिने सम्भावना देखिएको छ। उपराष्ट्रपतिमा नेकपा (एमाले)ले उम्मेदवारी नदिने सम्भावना भएकाले चैत ५ मा उपराष्ट्रपति निर्विरोध निर्वाचित हुने सम्भावना बढेको हो।

एमालेले अहिलेसम्म राष्ट्रपतिमा उम्मेदवारी दिनेरनदिने निर्णय गरेको छैन। स्रोतहरूका अनुसार ८ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टीका नेता उपराष्ट्रपति उम्मेदवार बने एमालेले आफ्ना उम्मेदवार उठाउने छैन।

बिहीबार नयाँ बानेश्वरमा राष्ट्रपतिको निर्वाचन भइरहँदा एमाले र जसपाका नेताहरूबीच पनि यो विषयमा अनौपचारिक कुराकानी भएको थियो।

एमालेका एकजना पदाधिकारीले जसपाका सांसदलाई आफूहरूले उपराष्ट्रपतिमा उम्मेदवारी दिने सम्भावना नरहेको बताएका थिए।

८ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति दिने सहमति छ। आफ्नो उम्मेदवार छान्न आज जसपा बैठक बस्ने तयारी छ।

जसपाबाट सांसद रामसहाय प्रसाद यादव उम्मेदवार बन्ने चर्चा छ। उनी बारा–२ बाट निर्वाचित भएका हुन्।

एमालेले जसपासँग पछि सत्ता सहकार्यको सम्भावना कायम राख्न उसका उम्मेदवारविरूद्ध उम्मेदवारी नदिन लागेको हो।

अहिले पनि एमाले मधेश प्रदेशमा जसपाको नेतृत्वमा सरकारमा छ।

मंसिर ४ को चुनाव हुनु केही दिनअघि मात्रै जसपाले तत्कालीन सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गरेको थियो।

पुस १० गते एमालेले बनाएको तत्कालीन सात दलीय गठबन्धनमा जसपा पनि सहभागी भएको थियो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन र विश्वासको मत दिएको जसपा सरकारमा भने सहभागी भएको थिएन।

राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा भने जसपा नयाँ बनेको ८ दलीय गठबन्धनमा सहभागी भएको छ।

उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता फागुन २९ मा छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.