Advertisement

राष्ट्रपति निर्वाचन : सोमबार मध्यरातिदेखि मौन अवधि सुरु, कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न नपाइन

0 40

Advertisement

२३ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनको मौन अवधि सोमबार राति १२ बजेदेखि सुरु भएको छ । निर्वाचन आयोगले मौन अवधि सुरु भएसँगै राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसारमा रोक लगाएको छ । २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले सोमबार विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘उक्त व्यवस्थाबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइन्छ ।’

मौन अवधि सुरु भएपछि प्रचारप्रसार तथा भोट माग्न नपाउने व्यवस्था छ । फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन तय भएको छ । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ । राष्ट्रपति निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन,२०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ ।’

साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ ।आयोगले विज्ञप्ति जारी गरेर भनेको छ, ‘निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न,सञ्चारमाध्यमबाट जीत-हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरू पालना गर्न-गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ ।’

आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जितहारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न नहुने व्यवस्था छ । आयोगले मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । ‘मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानून र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोग सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछ ।’ आयोगद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । आयोगको गत माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको छ । राष्ट्रपतिको निर्वाचन आगामी बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुँदै छ । मतदानका लागि नयाँ बानेश्वरस्थित रहेको संसद् भवनमा मतदान केन्द्र राखिएको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरूले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछन् ।

नेकपा एमालेले दियो सांसदलाई प्रशिक्षण
नेकपा एमालेले राष्ट्रपति पदको निर्वाचनका विषयमा आफ्ना सांसदलाई प्रशिक्षण दिएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले सोमबार तीन दिनपछिको राष्ट्रपतिको निर्वाचनको लागि आफ्नो पार्टीका प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरूलाई प्रशिक्षण दिएको हो । राष्ट्रपति निर्वाचनको लागि मौन अवधि सुरु हुनु केही घण्टाअघि एमालेले आफ्ना संघीय र प्रदेश सांसदलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित, राष्ट्रपतिका उम्मेदवार नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझी लगायतका नेता सहभागी रहनुभएको थियो । आठ दलीय गठबन्धनले भने गत बिहीबार र शुक्रबार सांसदहरूलाई प्रशिक्षण दिएको थियो ।

तर, निर्वाचन आचारसंहिताको कारण २४ गते गर्ने भनिएको संघीय र प्रदेश सांसदहरूको संयुक्त प्रशिक्षण कार्यक्रमलाई भने गठबन्धनले स्थगित गरेको थियो । राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रादेशिक सांसद मतदाता रहनेछन् । २५ फागुनमा राष्ट्रपति पदको निर्वाचन हुँदै छ । एमालेले पार्टीको तर्फबाट पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । नेम्वाङको प्रतिस्पर्धा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग हुँदै छ ।

देउवा र नेम्वाङबीच भेटवार्ता

राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका नेम्वाङले कांग्रेस सभापति देउवा र देउवा पत्नी आरजू राणासँग भेटवार्ता गर्नुभएको हो । दुई नेताहरूबीच राष्ट्रपति निर्वाचनसँगै राष्ट्रिय राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ । नेम्वाङले राष्ट्रका महत्वपूर्ण विषयहरूमा मुलुकका दुई ठूला दल कांग्रेस र एमाले एकै ठाउँमा रहेर अधिकतम एउटै धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । राजनीतिक स्थिरता र दिगो विकासका लागिसमेत ठूला दल मिल्नुको विकल्प नरहेको नेम्वाङको भनाइ थियो । जवाफमा सभापति देउवाले कांग्रेसले आवश्यकताका आधारमा सबै दलसँग सहकार्य गर्दै आएको बताउनुभएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

कांग्रेस नेताहरू राप्रपाको पार्टी कार्यालयमा

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूबीच छलफल भएको छ । सोमबार साँझ राप्रपाका नेताहरूलाई भेट्न कांग्रेस नेताहरू राप्रपा पार्टी कार्यालय धुम्बाराही पुगेका थिए । छलफलमा कांग्रेसका नेताहरूले आसन्न राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई भोट दिन आग्रह गर्नुभएको थियो । जवाफमा राप्रपाका नेताहरूले राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन बुधबार बस्ने पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने जानकारी गराएका थिए । राप्रपाभित्र राष्ट्रपति निर्वाचन बहिष्कार गर्नुपर्ने बलियो मत छ । पार्टीभित्रको विवादको कारण राप्रपाले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन सकेको छैन । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै राप्रपा सरकारबाट बाहिरिएको छ । राप्रपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

राष्ट्रपतिका उम्मेदवार पौडेल र नेता खनालबीच भेटवार्ता
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । नेता खनालको निवास डल्लुमा सोमबार बिहान भएको दुई नेताबीचको भेटवार्तामा समसामयिक राजनीतिका विषयमा छलफल भएको पौडेलेको सचिवालयले जनाएको छ । आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिबारेमा छलफल भएको पौडेलको सचिवालयको भनाइ छ । पौडेल आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्नुभएको छ । पौडेललाई उहाँकै दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र केही स्वतन्त्र सांसदहरूको समर्थन रहेको छ । पौडेलविरुद्ध नेकपा एमालेले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । नेम्वाङलाई अहिलेसम्म कुनै पनि पार्टीले औपचारिक रूपमा समर्थन जनाएका छैनन् ।

राष्ट्रपति उम्मेदवार नेम्वाङद्वारा पशुपतिमा पूजाअर्चना
राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । नेम्वाङले सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पूजाअर्चना गर्नुभएको हो । पूर्वसभामुख तथा संविधानसभा अध्यक्षसमेत रहनुभएका नेम्वाङ नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार हुनुहुन्छ । नेम्वाङले करिब ४० मिनेट पशुपतिनाथमा पूजाअर्चना गर्नुभएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.