देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ?
१४ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
यसैगरी दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली दखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।