Advertisement

टर्कीमा पुनः ६.३ म्याग्नेच्युडको भूकम्प गयो

0 40

Advertisement

०९ फागुन, काठमाडौं । टर्कीमा पुनः शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्नेच्युडको भूकम्प गएको दुई सातापछि सोमबार पुनः ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको हो ।

दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । टर्कीका अधिकारीहरुले सोमबारको भूकम्पमा परी दुई सय ९४ जना घाइते भएको बताएका छन् । उक्त भूकम्पपछि दर्जनौं पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् ।

भूकम्प गएको हतय प्रान्त सिरियाको नजिकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दुई साताअघि गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेहरूको संख्या ४६ हजार नाघेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.