Advertisement

नेपालमा हवाइ दुर्घटना कहालिलाग्दो, नियमनकारी निकाय पंगु

0 46

Advertisement

०२ मााघ, काठमाडौं । नेपालमा हवाइ दुर्घटनाको कहालिलाग्दो अवस्था छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटनामा हुँदा ६८ जनाको ज्यान गएको छ । विमानमा चालक दलसहित ७२ जना रहे पनि बाँकीको शव फेला परिसकेको छैन ।आइतबारको दुर्घटना नेपालको हवाई सेवाको साढे ६ दशक लामो इतिहासमै सबैभन्दा ठूलो क्षति गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा यति धेरै मानवीय क्षति भएको यो नै पहिलो दुर्घटना हो । आठ महिनामा यती समूहका दुई विमान दुर्घटनामा परेका छन् । ८ महिना अघि यतीको भगिनी कम्पनी ताराको जहाज मुस्ताङ जाने क्रममा दुर्घटनामा हुँदा चालकदलसहित २२ जनाको ज्यान गएको थियो ।

नेपाली आकाशमा भएका अन्तर्राष्ट्रिय उडानसहितको इतिहास हेर्दा आइतबारको दुर्घटना तेस्रो ठूलो हो । यो अवधिमा नेपालमा व्यावसायिक आन्तरिक उडानमा ५० दुर्घटना भएका छन् । तीमधये २१ दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । २९ दुर्घटनामध्ये पोखराबाहेक मात्रै ३ सय ६४ जनाले ज्यान गुमाएका छन् ।अन्तर्राष्ट्रिय उडानतर्फ भने भट्टेडाँडामा भएको दुर्घटना नै सबैभन्दा ठूलो हो । सन् १९९२ मा पाकिस्तान इन्टरनेसनल एयरको विमान दुर्घटना हुँदा १६७ जनाको ज्यान गएको थियो भने सोही वर्ष ग्यानफेदीमा भएको थाई एयरवेजको दुर्घटनामा ११३ जनाले ज्यान गुमाएका थिए । सन् २०१८ मा त्रिभुवन विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनामा ५१ जनाको ज्यान गएको थियो ।नेपालमा हालसम्म हवाइ दुर्घटनामा ९१७ जनाको ज्यान गएको छ ।

नेपाली आकाशमा हवाइ दुर्घटना बढ्दै जानु चिन्ताको विषय हो । व्यावसायिक आन्तरिक उडानमा चाप बढिरहेका बेला चुस्त व्यवस्थापन हुन सकेको छैन ।खासगरी नेपालमा पुराना र थोत्रा जहाज पनि उडाउने गरिन्छ । जसकारण दुर्घटनो जोखिम पनि बढी छ ।पोखरा दुर्घटनापछि आइतबार नै बसेको मन्त्रिपरिषद् बैठकले वायु सेवा कम्पनीले आन्तरिक उडानमा रहेका जहाजको अनिवार्य प्राविधिक जाँच गर्नुपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

‘आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन सबै वायुसेवा कम्पनीको अनिवार्य प्राविधिक परीक्षण गर्ने निर्देशन दिने निर्णय भएका छौं। अनुगमन नागरिक प्राधिकरणले गर्नेछ,’ उनले भने।तर, यो नियमित काम हो । प्राविधिक जाँचको नियमनको अधिकार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छ । तर, प्राधिकरण नियमनभन्दा पनि पंगु बनेको छ ।आइतबारको दुर्घटनापछि सरकारले अध्ययन समिति बनाएको छ । तर, नेपालमा जहाज दुर्घटनापछि अध्ययन समिति बने पनि प्रतिवेदन सार्वजनिक हुँदैन । सार्वजनिक भइहाले पनि कार्यान्वयन हुँदैन । सरकारले छानविन समिति बनाएर सामान्य कर्मकाण्ड मात्रै पूरा गरेको आरोप लाग्ने गरेको छ । यसको मुख्य दोष नियमनकारी निकाय उड्डयन प्राधिकरण र उड्डयन मन्त्रालयलाई जान्छ ।

अब प्राधिकरणले नेपालमा संचालनमा रहेका जहाज कति पूराना छन् ? ती जहाजको मर्मत सम्भार कसरी हुन्छ ? विस्तृत अध्ययन गर्न जरुरी छ । युरोपेली युनियन (इयु)ले नेपालको हवाइलाई कालोसूचीमा राखेको छ नै ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.