Advertisement

आज पृथ्वीजयन्ती, राप्रपाले चियापान गर्दै

0 57

Advertisement

२७ पुस, काठमाडौं । तत्कालिन राजा पृथ्वीनारयाण शाहले नेपाल एकताको शुरुवात गरेको स्मरणमा आज पुस २७ गते पृथ्वीजयन्ती जयन्ती मनाइँदैछ । सरकारले आज सार्वजनिक विदा दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदहरुलाई चियापान कार्यक्रमका लागि आमन्त्रण गरेका छन् । हिजो बसेको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै अध्यक्ष लिङ्देनले रोष्टमबाटै चियापानका लागि आग्रह गरेका थिए । त्यसैगरी सो पार्टीले चियापानमा सहभागीताका लागि पार्टीको तर्फबाट औपचारिक रुपमा निमन्त्रणा समेत पठाएको छ ।

तत्कालिन राजा पृथ्वीनारायण शाहले तीन सय वर्ष अघि बाइसे चौविसे राज्यलाई एकताको सूत्रमा कायम गर्ने आधुनिक नेपालको खाका कोरेका थिए । पुस २७ गते नै सो कामको शुरुवात गरेकाले त्यसको सम्झनामा यो जयन्ती मनाउने प्रचलन छ । देशमा गणतन्त्र आएपछि पृथ्वीजयन्ती मनाउन छाडिएको थियो । सरकारले सार्वजकि विदा पनि कटौती गरेको थियो । तर यस वर्ष सत्ता साझेदार दल राप्रपाको विशेष आग्रहमा सरकारले आज सार्वजनिक विदा दिएको हो ।

पृथ्वीजयन्तीको अवसरमा सरकारले दिएको सार्वजनिक विदाको नेपाल आदिबासी जनजाति महासंघले विरोध जनाएको छ । पृथ्वीनारायण शाह एकताको प्रतीक नभइ आदिबासी जनजातिमाथि शोषण गरेको र सामन्ती राजाको जन्मजयन्ती अहिलेको गणतान्त्रात्मक शासन प्रणालीमा मनाउनु गलत भएको महासंघले भनेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.