Advertisement

प्रधानमन्त्री देउवा डडेलधुराबाट निर्वाचित, सागर ढकालभन्दा झण्डै दोब्बर मत

0 32

Advertisement

०७ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । डडुल्धुराबाट २५ हजार ५३४ मत ल्याउँदै प्रधानमन्त्री देउवा विजयी हुनुभएको हो ।

उहाँका निकतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको छ ।

प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ५१ हजार २०३ मत गणना हुँदा ३१८७ मत बदर भएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.