Advertisement

स्याङ्जाको वालिङमा आगलागी, ३ जना घाइते

0 95

Advertisement

०६ मंसिर, स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १ खहरेस्थित स्थानीय मीनबहादुर हिताङको घरमा मंगलबार बिहान विद्युत सर्ट भई आगलागी भएको छ । आगलागीमा लाखौ रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीमा परि तीन जना घाइते भएका छन् । घाइते हुनेमा २८ वर्षीया सुनिता हिताङ, उनकै छोरीद्वय ७ वर्षीया आशिमा हिताङ र १८ महिनाकी छोरी यमरोजिया हिताङ छन् ।

घाइते तीनै जनाको वालिङस्थित गहै घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

आगलागी हुँदा नगद, लत्ताकपडा, फर्निचर, सुनका गहना लगायतको सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागीमा करिब २० लाख बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

वालिङको वडा प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.