Advertisement

इन्डोनेसियामा सडक दुर्घटना, ८ जनाको मृत्यु

0 106

Advertisement

०६मंसिर, एजेन्सी। इन्डोनेसियाको मध्य प्रान्त जाभामा सोमबार साँझ भएको एक सवारी साधन दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

यस दुर्घटनामा घाइते अन्य २० जनालाई अस्पताल भर्ना गरिएको छ । स्थानीय समयानुसार साँझ करिब २०ः ३० बजे वोनोगिरी क्षेत्रको बुमिहारजो गाउँमा यात्रु बोकेको मिनीबस पहाडमा चढ्ने क्रममा बिजुली गुमाउँदा दुर्घटना भएको हो ।

बिजुली गुमाएपछि मिनीबस स्थानीयको पोखरीमा खसेका प्रान्तीय प्रहरी प्रवक्ता इकबाल अल्कुदुस्सीले मङ्गलबार सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ । घाइते सबैलाई थप पहिचानका लागि नजिकैको अस्पतालमा पठाइएको छ ।

इन्डोनेसियामा प्रायः क्षमता भन्दा बढी यात्रु सवार, खराब सडक अवस्था र चालकले सवारी साधन लापरवाह तरिकाले चलाउने कारण प्रायः घातक सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.