Advertisement

भक्तपुरकी सीडीओ शर्मा भन्छिन्, ‘पूर्ण शान्ति सुरक्षा छ, ढुक्क भएर मतदान गर्नुस्’

0 98

Advertisement

०४ मंसिर, भक्तपुर । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा मतदान गर्नको लागि सहज रहेको बताएकी छन्।

आइतबार प्रमुख जिल्ला अधिकारी शर्माले भक्तपुरमा सबै मतदान केन्द्रमा सुचारु रुपमा, सहज रुपमा मतदान भइरहेको बताएकी हुन्।

उनले भक्तपुरमा पूर्ण शान्ति सुरक्षा रहेकाले ढुक्कसँग मताधिकारको प्रयोग गर्न मतदातासमक्ष आग्रह गरिन्। उनले सम्पूर्ण मतदाताहरुले सहज रुपबाट मतदान गर्नसक्ने बताइन्।

उनले भनिन्, ‘भक्तपुरमा सबै मतदान केन्द्रमा सुचारु रुपमा, सहज रुपमा मतदान भइरहेको छ। जिल्लामा पूर्ण शान्ति सुरक्षा छ । सम्पूर्ण मतदाताहरुले सहज रुपबाट मतदान गर्न सक्नुहुनेछ।’

प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यका लागि आज एकैचरणमा देशभर निर्वाचन भइरहेको छ। गृह मन्त्रालयले देशभर अहिलेसम्म ४५ प्रतिशत भन्दा धेरै मतदान भइसकेको जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.