Advertisement

काठमाडौं २ का मतदाता भन्छन् :‘देश बेचिनबाट जोगाउन कुन्ती पोख्रेललाई भोट दिने’

0 88

Advertisement

२७ कार्तिक, काठमाडौँ । आसन्त मंसिर ४ गतेको संघीय सभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा विभिन्न तल तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरु न्वारनदेखिको बल निकाले चुनावी प्रचार अभियानमा जुटेका छन् ।

त्यसैमेसोमा काठमाडौं निर्वाचन क्षेत्र नं. २ राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी कुन्तीदेवी पोख्रेलले पनि आफ्नो प्रचारलाई आक्रामक बनाएकी छिन् । उनले मतदातालाई घरदैलो तथा चुनावी कार्यक्रममार्पmत सम्वोधन गरिरहेकी छिन् । पोख्रेल आज शनिबार बिहानैदेखि काठमाडौं क्षेत्र नं. २ का विभिन्न वडा तथा स्थानमा पुगेर चुनाव प्रचारमा लागिपरेकी हुन् ।

उनले शनिबार काठमाडौंको २ को पेप्सीकोला, गोठाटार, मूलपानी, काँडाघारीलगायका ठाउँमा घरदैलो तथा चुनावी कार्यक्रमलाई सम्बोधन गरेकी हुन् । घरदैलो कार्यक्रमअन्तर्गत मतादातालाई उनले देश अहिले व्यथिति, कुसस्कार र कुरीतिले जर्जर भएकाले त्यसलाई सही दिशामा ल्याउन आफूले चुनाव जित्नैपर्ने बताएकी छिन् । उनले काठमाडौं २ मा जहिले पनि बाहिरका उम्मेदवारले चुनाव जित्ने गरेकाले विकासमा पछि परियो भन्दै यसपटक स्थानीय युवा उम्मेदवार आफूलाई जिताउन अनुरोध गरेकी छिन् ।

भेटमा उनले ‘हामी चुनावका बेला विभिन्न झुठा आश्वासनमा परेर भ्रष्टाचार र विदेशीको इसारामा नेपाल आमालाई बेच्नेहरुलाई भोट दिने गदछौं ।’ उनीहरुले सधैं तपाईं हामीलाई झुक्याउने गरेका छन्, यसपटक त्यो भुलभुलैयामा नपरौं । नेपालको धर्म, संस्कार, संस्कृति पहिचान जोगाउन आफूले राप्रपाबाट उम्मेदवारी दिएकाले ‘हलो’ चिन्हमा मतदान गरी आफूलाई जिताउन उनले आग्रह गरिन् । भेटकाक्रममा मतदातासँग उनले, ‘फेरि पनि तपाईंहरुले भ्रष्टाचारी र देश बेचुवालाई भोट दिनुभयो भने तपाईंहरु नै देश बेचुवा हुनुहुन्छ ।’ ‘यदि यो देशको अस्तित्व, धर्म, संस्कार, संस्कृति र पहिचान जोगाउने हो भने राप्रपालाई भोट हाल्नुहोस्,’ मतदातालाई सुझाउँछिन् ।’

राप्रपाबाट कुन्तीजी भोट माग्न आइरहनुभएको छ, तपाईंहरु के भन्नुहुन्छ भन्दा स्थानीय भन्छन्, ‘यो क्षेत्रमा पटक–पटक खाली बाहिरबाट चुनाव लड्न आउनुहुन्छ । चुनावपछि कहाँ कहाँ हराउनुहुन्छ । त्यस्ताबाट भर भएन त्यसकारण यसपटक स्थानीय युवा उम्मेदवार कुन्ती पोख्रेल आउनुभएको छ उहाँलाई भोट दिने विचार गरेका छौं ।’ अर्का सहभागी भन्छन्, ‘धर्मनिरपेक्षताका नाममा हाम्रो संस्कृतिमाथि विदेशीले परेड खेलिरहेको छ । ऐतिहासिक मठमन्दिर, तीर्थस्थलहरु लोप हुने वस्थामा पुग्न थालेका छन् ।

रीतिरिवाज, परम्पराहरु हराएकाले नेपालको पहिचान नै हराउने अवस्थामा पुग्न थालेको छ । त्यसको रक्षाका लागि पनि यसपटक राप्रपाकी उम्मेदवार कुन्ती पोख्रेललाई भोट दिने हामीले निदो गरेका छौं ।’ पेप्सीकोलाका मतदाता भन्छन्, ‘हामीले यस अघि धेरै पटक एमालेलाई भोट दिँदै आयौं । उहाँहरु यहाँबाट चुनाव जित्नुहुन्छ, क्षेत्रै छोडिदिनुहुन्छ । यसै क्षेत्रबाट तत्कालीन एमाले नेता माधव नेपालले चुनाव जित्नुभयो पछि यो क्षेत्र छोडेर रौतहट जानुभयो । अहिले यहाँका जनताले नपत्याउने देखेर होला पहिलै रौहट जानुभयो । माओवादीका झक्कु सुवेदीले जित्नुभयो उहाँ हराउनुभयो । अहिले फेरि माओवादी ओनसरी घर्ती आउनुभएको छ । उहाँ पनि चुनाव जिते पनि हारे पनि रोल्पा नै जाने हो । अनि यो क्षेत्रको जिम्मा कसले लिने ? त्यसकारण पनि स्थानीय युवा नेतृ राप्रपाकी कुन्ती पोख्रेललाई यसपटक हलोमा भोट दिने हो ।’ ‘यी परिदृश्यले काठमाडौं क्षेत्र नं. २ मा राप्रपाकी कुन्ती पोख्रेलको जित सुनिश्चित छ,’ स्थानीयले भने ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.