Advertisement

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट, १४ लाखभन्दा बढीले पाएनन् सेयर

0 91

Advertisement

११ असोज, काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई २९ भदौदेखि २ असोजसम्म ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५७ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याइएको थियो । बाँकी १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त आईपीओमा कूल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता सेयरको लागि आवेदन परेको थियो । जसमध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको र १५ लाख १२ हजार ५ सय ३७ जनाको आवेदन स्वीकृत भएको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकाले क्यापिटलले योग्य रहेका १५ लाख १२ हजार ५ सय ३७ जनालाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरेको छ । यसरी बाँडफाँट गर्दा १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदन दिने १४ लाख ६ हजार ७३७ जना आवेदकको हात खाली भएको छ ।

यसअघि कम्पनीले ६ साउनदेखि आयोजना प्रभावित कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि जारी पुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ ।

कम्पनीले कास्कीको मादी गाउँपालिकामा १३ मेगावाट क्षमताको मद्क्यु खोला जलविद्युत आयोजना निर्माण गरी १९ चैत २०७४ देखि विद्युत् उत्पादन गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.