मनास्लुमा हिम पहिरोमा परी एक जनाको मृत्यु, मौसम खराबीका कारण अझै उद्धार हुन सकेन
१० असाेज, काठमाडौं । गोरखा जिल्लाको उत्तरी भेगमा पर्ने मनास्लु हिमालमा हिम पहिरोमा परी एक जनाको मृत्यु भएको छ।
सोमबार मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परी एक जनाको मृत्यु भएको चुमनुव्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्।
हिम पहिरोमा परी ज्यान गुमाएका र अन्य फसेकाहरुको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको भए पनि मौसम खराबीका कारण उनीहरुको उद्धार हुन नसकेको उपाध्यक्ष गुरुङले जानकारी दिइन्।
मौसम खराबी भएका कारण घटनाको यथार्त विवरण आइनसकेको बताइएको छ।