Advertisement

कांग्रेसभित्र विवाद सुरु : शेखर पक्षले घोषणा गर्‍यो पहिलो चरणको आन्दोलन

0 152

Advertisement

१० असाेज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेलाले पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ।

शेखर कोइराला पक्षका दोस्रो तहका नेताहरुले काठमाडौंको एक होटलमा छलफल गर्दै सुरुमा पार्टी कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम घोषणा गरेका हुन्।

शेखरपक्षका नेता जगदीशनरसिंह केसीका अनुसार १२ गते १२ बजे पार्टी कार्यालयमा शान्तिपूर्ण धर्ना र १३ गते विरोध स्वरुप चियापान कार्यक्रम गर्ने निर्णय भेलाले गरेको छ।

निर्वाचन आयोगले नेपाली कांग्रेसलाई १३ र १४ गते समानुपातिकको सूची सच्चाउने समय दिएको सुनेकाले उक्त मितिसम्म सभापतिलाई सूची सच्चाउन समय दिने तर नसच्चिएमा त्यसपछि कठोर निर्णय लिने उनले बताए।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिकतर्फ ४० प्रतिशत पनि नदिएपछि शेखरपक्ष असन्तुष्ट भएको हो। देउवाले समानुपातिकमा आफ्ना गुटका मानिसहरु सूचीको सुरुमा राखेको र त्यसपछि मात्र कोइराला पक्ष भनेर छुट्याउँदै पुछारमा राखेको उनीहरुको आरोप छ। प्रत्यक्षतर्फ पनि देउवाले यही रणनीति लिने तयारी गरेको भन्दै आन्दोलनमा जाने शेखर पक्षले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.