Advertisement

जय नेपाल हलको कम्पाउन्डमा भेटियो टुकुचा खोला

0 200

Advertisement

३० भदौ, काठमाडौं । काठमाडौ महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोलाको उत्खनन गरेको छ ।

काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्ड खोतल्दा टुकुचा खोला फेला पारेको छ।

आज महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो।

खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको हो।

महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।

यसअघि देखि नै स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेको थिए ।

महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.